पोखरेलको ‘बरु मर्ने बाटो रोज्दै जानेछु’ भिडियो सार्वजनिक (भिडियो सहित)

चैत्र ९ शनिवार, २०७५
खोटाङ । लोक गायक धर्मराज पोखरेलको बहुप्रतिक्षित लोकगीत ‘बरु मर्ने बाटो रोज्दै जानेछु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका पोखरेलको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो ।

नवराज दाहालको लय शब्द तथा लोक गायक पोखरेल र निसा कार्कीको स्वरबद्ध म्युजिक भिडियोमा कलाकार विनोद बम, सरिका केसी तथा बाल कलाकार एलिना श्रेष्ठ र साकार श्रेष्ठले अभिनय गरेका छन् ।

धर्मराज पोखरेल प्रोडक्सनमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा बिशेष गरी माया र पिरतीमा तड्पिनुपर्ने समस्यालाई देखाइएको छ ।

करीव १० मिनेट लामो म्युजिक भिडियोलाई लोक गायक पोखरेलले निर्देशन गरेका हुन् भने, खेम थापामगरले कम्पोज गरेका हुन् । हालसम्म लोक गायक पोखरेलको २ दर्जन लोकगीत बजारमा आईसकेका छन् ।
भिडियो लिंक