हलेसीमा होमस्टे तालिम सुरु
चैत्र १० आइतवार, २०७५
खोटाङ । खोटाङको त्रिधार्मिकस्थल हलेसीमा होमस्टे तालिम सुरु गरिएको छ । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा आउने दर्शनार्थी एबं पर्यटकलाई लक्ष्यीत गरेर होमस्टे तालिम सुरु गरिएको हो ।
स्थानीयलाई होमस्टे सम्वन्धी सिप प्रदान गर्दै हलेसी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि घरेलु तथा साना उद्योग विकास समिति र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त आयोजनामा शनिबारदेखि ७ दिने तालिम सुरु गरिएको हो ।
मध्यपहाडी लोकमार्गको जयराम–हलेसी र अर्खौलेबीचको बस्ती आसपासमा होमस्टे सञ्चालन गर्ने उद्देश्यकासाथ तालिम सुरु गरिएको घरेलु तथा साना उद्योग विकास समिति खोटाङका नासु दिनेश राईले बताए । नगरपालिकाका होटल व्यवसायी र अन्य गरी १२ जनाको सहभागीता रहेको तालिम हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले उद्घाटन गरेका हुन् ।
दर्शनार्थी एबं पर्यटकको दैनिक भीड लाग्ने हलेसीमा हालसम्म होमस्टेको विकास हुन सकेको छैन । होमस्टे सञ्चालन गरेर हलेसीको पर्यटन प्रवद्र्धन गर्दै स्थानीयलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि होमस्टे तालिम आयोजना गरिएको हो ।
हलेसी आएका पर्यटकलाई स्थानीय अर्गानिक उत्पादन उपभोग गर्ने, स्थानीय संस्कृतिमा रम्ने, स्थानीय शैलीको घरमा बास बस्ने वातावरण बनाउनका लागि होमस्टे तालिम आयोजना गरिएको नगप्रमुख राईले बताए ।
‘हलेसीमा होमस्टे सञ्चालनका लागि यो पहिलो प्रयास हो,’ नगरप्रमुख राईले भने, ‘हलेसी आएका बेलामा स्थानीय अर्गानिक उत्पादनको स्वाद चाख्न चाहने, स्थानीय सामग्रीले बनेको घरमा बस्न चाहने पर्यटकलाई लक्षित गरेर होमस्टेको तालिम गरिएको हो ।’
होमस्टे व्यवसायले स्थानीय उत्पादनको प्रवद्र्धनका साथै स्थानीयलाई आत्मनिर्भरताको बाटोमा डो¥याउने अपेक्षा गरिएको छ । होमस्टेले हलेसीको पर्यटन प्रवद्र्धनका साथै स्थानीयलाई स्वरोजगार बन्न टेवा पुग्ने नगरप्रमुख राईले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



