सडक तथा पुल ढिलासुस्ती र गुणस्तरहिन भएकामा विरोध
चैत्र १० आइतवार, २०७५
खोटाङ । मध्यपहाडी लोकमार्ग लगायत राष्ट्रिय महत्वका सडक तथा पुल निर्माणको काममा चरण ढिलासुस्ती र गुणस्तरहिन भएको भन्दै युवा संघ र योङ कम्यूनिष्ट लिग खोटाङले विरोध जनाएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको जयराम–दिक्तेल र दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको कालोपत्रेका काम, दिक्तेल–गाईघाट सडक कालोपत्रेको काम, दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीको फोक्सिङटार पुल, मनमायाँ राई खानीडाँडा बिमानस्थल मर्मत लगायतका काममा चरम ढिलासुस्ती र गुणस्तरहिन काम भएको भन्दै युवा संघ र योङ कम्यूनिष्ट लिगले गम्भीर आपत्ती जनाएका हुन् ।
आईतबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाललाई ज्ञापनपत्र बुझाउँदै युवा संघ र योङ कम्यूनिष्ट लिगले राष्ट्रिय महत्वका सडक तथा पुल निर्माणमा भइरहेका ढिलासुस्ती र गुणस्तरका विषयमा प्रश्न उठाएका छन् ।

दुई युवा संगठनले खोटाङकै बतासे र रेग्मीटार जोड्ने साप्सु खोलास्थित मोटरेबल पुल, लफ्याङ र मात्तिम जोड्ने साप्सु खोलाको मोटरेबल पुल, मात्तिम र टेम्मा जोड्ने तावा खोला पुल र बिजुले–बुईपा–डल्लेखोला–दिक्तेल सडक निर्माणको काममा ठेकेदारको चरम ढिलासुस्ती भएकाले जनताकोतर्फबाट आवाज उठाउनु परेको जनाएका छन् ।
युवा संघका जिल्ला उपाध्यक्ष रसकुमार राई र योङ कम्यूनिष्ट लिग खोटाङका अध्यक्ष मिलनचन्द्र राईले प्रशासन र नगरपालिकालाई बुझाएको ज्ञापन–पत्रमा सडक तथा पुल निर्माणको कामलाई चाँडो र गुणस्तरयुक्त नगरे संघर्षमा उत्रने चेतावनी दिइएको छ ।

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



