२४ लाख पारिश्रमिक लिँदै कंगना बनिन् बलिउडकै सबैभन्दा महंगी अभिनेतृ
चैत्र ११ सोमवार, २०७५
बलिउड । अभिनेत्री कंगना रनावतले भारतीय राजनीतिज्ञ तथा अभिनेत्री जय ललिताको बायोपिक गर्ने घोषणा गरेकी छिन् ।
कंगना रनावतलाई यस फिल्मका लागि २४ करोड रुपैयाँ पारिश्रमिक अफर गरिएको छ । यससँगै अभिनेत्री कंगना रनावत बलिउड फिल्म उद्योगकै मंहंगी अभिनेतृ बनेकी छिन् । खबरहरुका अनुसार फिल्म निर्माताहरुलाई कंगनामाथि पूर्ण विश्वास भएका कारण उनलाई यति धेरै पारिश्रमिक दिनमा कुनै पनि आपत्ति नरहेको बताइएकाे छ ।
यस अघिका ‘तनु वेड्स मनु’ र ‘क्वीन’ जस्ता फिल्म हिट भएसँगै कंगनाले आफ्नो पारिश्रमिक ११ करोड पुर्याएकी थिइन् । तर त्यसपछिका फिल्म ‘सिमरन’ र ‘रंगुन’ फ्लप भएपछि पारिश्रमिक घटाएकी कंगनाले हालै रिलिज भएको फिल्म ‘मणिकर्णिका’ हिट भएपछि फेरि पारिश्रमिक बढाएकी हुन् ।
बलिउडमा पहिलो पटक एउटा फिल्मका लागि कुनै अभिनेत्रीलाई २४ करोड रुपैयाँ पारिश्रमिक दिइँदैछ ।
यस अघि अभिनेत्री दीपिका पादुकोणलाई फिल्म ‘पद्मावत’ का लागि १३ करोड रुपैयाँ दिइएको थियो । यस्तै अभिनेत्री करीना कपूर खानले फिल्म ‘विरे दी वेडीङ’ का लागि ७ करोड रुपैयाँ लिएकी थिइन् भने अहिले उनले आफ्नो पारिश्रमिक बढाएर १० करोड पुर्याएकी छिन् । यस्तै हलिउडमा समेत पहिचान बनाइसकेकी अभिनेत्री प्रियंका चोपडाले ६ करोड रुपैयाँ मात्रै लिएकी छिन् ।
तमिल तथा बलिउड फिल्मकी अभिनेत्री समेत रहिसकेकी जया ललिताको जीवनमा आधारित फिल्म ‘जया’ को निर्देशन एएल विजयले गर्नेछन । यस फिल्मको स्क्रिप्ट ‘बाहुबली’ र ‘मणिकर्णिका’ को कहानी लेखिसकेका लेखक केवी विजयन्द्र प्रसादले लेखेका हुन । यस फिल्मका लागि कंगना भन्दा अभि अभिनेत्री बिद्या वालन र ऐश्वर्या राय बच्चनलाई अफर गरिएको थियो । तर अन्त्यमा अभिनेत्री कंगना रनावतले बाजी मारेकी छिन ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



