‘राजु मास्टर’ र ‘बल्छी धुर्वे’ले छोडे मेरी बास्सै
चैत्र ११ सोमवार, २०७५
नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) र राजु पौडेल (राजु मास्टर) अलग भएका छन् ।
मरिचमान श्रेष्ठले आफ्नो फेसबुकमा स्टाटस लेख्दै मेरी बास्सैबाट अलग भएको घोषणा गरेका हुन् । स्टाटसमा मरिचमानले कार्यक्रम उत्पादक मिडिया हबसँग विविध विषयमा सहमति नभएपछि अलग हुने निर्णय गरेको बताएका छन् । मरिचमान श्रेष्ठ र राजु पौडेलले नै मेरी बास्सैको लेखन तथा निर्देशन गर्दै आएका थिए ।
‘हामी मेरी बास्सैसँगै अन्य केही प्रोजेक्टको तयारीमा थियौँ । मिडिया हबका प्रमुख सोम धितालले ‘मेरी बास्सै’मा मात्रै केन्द्रित हुनुस, कि छोड्नुस भन्नुभयो । हामीले छाड्ने निर्णय लियाैँ’ राजु पौडेलले भने ।
मिडिया हबका प्रमुख सोम धितालले सहमतिमै उनीहरु अलग भएको बताएका छन् । ‘कुनै कलाकारले छोड्दैमा कार्यक्रम बन्द हुँदैन । हामी अरु कसैलाई जिम्मेवारी दिएर पनि यसलाई निरन्तरता दिन्छौँ’ मिडिया हबका प्रमुख धितालले भन्नुभयो ।
यसअघि मिडिया हबले समयमा पैसा नदिँदा बारम्बार हास्य टेलिश्रृंखलाहरु अवरुद्ध हुने र कलाकारहरुले छोड्ने गरेका थिए । तर अहिले भने पैसाका कारण नभएको कलाकार राजु पौडेल बताउँछन् ।
मेरी बास्सैको सुरुवात सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बुढा) ले गरेका थिए । उनीहरुले छोडेपछि मेरी बास्सैको लेखन तथा निर्देशनको जिम्मा राजु मास्टर र बल्छी धुर्वेले पाएका थिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



