बजारमा ‘तिम्रो नशालु हेराईमा’

चैत्र १८ सोमवार, २०७५
खोटाङ । खोटाङकी गायिका वविना राईको स्वरमा ‘तिम्रो नशालु हेराईमा’ बोलको नयाँ गीत बजारमा आएको छ ।

शुष्मा रानाहँमाको शब्द र डिआर अटुको संगीत राजु कार्कीको एरेञ्जमा ‘तिम्रो नशालु हेराईमा’ सार्वजनिक गरिएको हो । रानाहँमाको डान्सिङ गीतमा युवा–युवतीविचको प्रेम र आकर्षणलाई समेटिएको छ ।

बजारमा भावनात्मक गीतहरु आइरहेको अवस्थामा दर्शक तथा श्रोतामाझ फरक स्वादको गीत आएको संगीतकार डिआर अटुले बताए ।

‘तिम्रो नशालु हेराईमा’ बोलको गीतको लिरिकल भिडियो समेत सार्वजनिक गरिएको छ । ड्रिम्स रेकर्डिङ स्टुडियो काठ्माण्डौंमा रेकर्ड गरिएको गीत दिपेन्द्र भटटराईले सम्पादन गरेका हुन् ।

यस्तै, संगीतकार डिआर अटुको १२ वर्षअघि रेकर्ड भएको ‘पोखराको बजारै राम्रो’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । डिआर अटुको शब्द र संगीत रहेको गीतमा गायक रुपकुमार राईको आवाज रहेको छ ।

नेपालीको जनजीविकाका पीडालाई चित्रण गरिएको गीतलाई भिडियोको रुपमा दर्शक श्रोतामाझ बजारमा ल्याइएको संगीतकार डिआर अटुले बताए । उनका ‘गुडी जाने रेल, चौबन्दी चोलीमा, दिक्तेल बजार, झुम्के मायाँ लगायतका गीत चर्चित छन् ।