पक्राउ परेका विद्यार्थीको रिहाईको माग

चैत्र १९ मंगलवार, २०७५
खोटाङ । किरात राई विद्यार्थी संघ केन्द्रीय समिति काठ्माण्डौंले प्रहरी पक्राउमा परेकी किरात राई विद्यार्थी संघ संखुवासभा अध्यक्ष सुनिता राईको रिहाईको माग गरेको छ । पूर्व केन्द्रीय परिषद सदस्य एबं संखुवासभा अध्यक्ष राईलाई चैत्र १३ गते प्रहरीले काठ्माण्डौंबाट पक्राउ गरेर सम्पर्क विहिन बनाएको भन्दै किरात राई विद्यार्थी संघ केन्द्रीय समितिले रिहाईको माग गरेको हो ।

मंगलबार विज्ञाप्ति जारी गर्दै किरात राई विद्यार्थी संघ केन्द्रीय समितिकी अध्यक्ष विर्सिका राईले राजनैतिक मुद्धामा सुनितालाई पक्राउ गरेर परिवार तथा आफन्तबाट सम्पर्क विहिन बनाएको भन्दै भत्र्सना गरेकी छन् ।

गौशलाबाट पक्राउ परेकी राईलाई हालसम्म परिवार तथा आफन्तबाट सम्पर्क विहिन बनाइएकाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै किरात राई विद्यार्थी संघले ससम्मानपूवर्क रिहाईको माग गरेको छ ।
सुनितालाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको कार्यकर्ता भएका कारण प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।