केशवको ‘मायाँ रानी’ बोलको नयाँ गीत बजारमा

बैशाख ३ मंगलवार, २०७५
खोटाङ । खोटाङका गायक केशव राईको ‘मायाँ रानी’ बोलको नयाँ गीत बजारमा आएको छ ।

विभिन्न राई भाषामध्ये पहिलोपल्ट थुलुङ भाषाको गीत रेकर्ड गराएका केशवले गायक तथा संगीतकार जीविहाङ राईको शब्द तथा संगीत रहेको गीत सार्वजनिक गरेका हुन् ।

२०७५ सालभित्र तीन वटा गीत बजारमा ल्याएका ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका राईको ‘मायाँ रानी’ बोलको युटुवमार्फत सार्वजनिक गरिएको हो ।

७ मिनेट लामो ‘मायाँ रानी’ बोलको गीतमा उनलाई गायीका सरु कोयी राईले स्वरमा साथ दिएकी छन् । गायक तथा संगीतकार कृष्णभक्त राईको एरेञ्ज रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको हो ।

बैदेसिक रोजगारीका सिलसिलामा हाल मकाउ रहेका केशव लामो समयपछि पुर्वेली लोकलयमा आधारित गीत लिएर श्रोतामाझ आएका हुन् ।

युटुवमा ‘माया रानी’लाई श्रोताले रुचाएको गायक राईको भनाई छ । क्यासेटमा गीत निकालेर २०५१ सालदेखि सांगीतिक क्षेत्रमा लागेका केशव प्रवास गएपछि संगीतकर्ममा गुमनाम जस्तै भएका थिए ।
केशब र श्रेया चेम्जोङको स्वर रहेको अघिल्लो गीत ‘जुनेली मायाँ’ले दर्शक/श्रोतामाझ चर्चा पाएको थियो ।