दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रथम दिप्रुङ चुइचुम्मा स्टार हुने
बैशाख ११ बुधवार, २०७६
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रथम दिप्रुङ चुइचुम्मा स्टार हुने भएको छ ।
‘साहित्य कला अनि संस्कृतिको सार, भाषा धर्म वहुल्ता नै विकासको आधार’ भन्ने नाराका साथ दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आयोजनामा प्रथम दिप्रुङ चुइचुम्मा स्टार हुने भएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका ७ कृष्ण मावि टेम्मा र वडा नम्बर ५ को पञ्चमीबजारमा बैशाख २२ गतेबाट शुरु हुने अडिसन जेष्ठ ९ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्राङ्गणमा फाइनल राउण्ड गरिने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए ।
नयाँ प्रतिभाको अवसर र सम्मान गर्ने उद्देश्यले तीन चरणमा गर्न लागिएको अडिसनको दोश्रो राउण्ड बैशाख २३ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका ५ पञ्चमीबजारमा र फाइनल राउण्ड गाउँपालिकाको प्राङ्गणमा हुने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने प्रतिभालाई नगद ६५ हजारका साथमा एउटा गीत रेकर्डको व्यवस्था गरिनेछ भने दोश्रो हुने प्रतिभाले नगद ३० हजार र तेश्रो हुने प्रतिभालाई नगद १५ हजार प्रदान गरिने अध्यक्ष राईको भनाइछ ।
प्रथम दिप्रुङ चुइचुम्मा स्टार प्रतियोगितामा गायक तथा संगीतकार सम्भु राई, गायक तथा गीतकार विरेन्द्र राई, गायक तथा संगीतकार रुपकुमार राई, गायक तथा संगीतकार कनकाइस्ट राई, गायक तथा कलाकारहरु रोशन राई (पालुवा स्टार), पार्वन राई (राई बुढा), कला राई, गोपालचन्द्र राई, केवी राई, सुवास सर्जन, लोकेस राई, मनिता चाम्लिङ, अर्जुना हरसुङ्गमा, तोरेम्पा, नविन्द्र राई र पत्रकार विशाल राई (हसिन) लगायतको उपस्थिति रहनेछ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा जन्मिएर गीत संगीतमा लागेका श्रष्टा तथा कलाकारहरुको पनि उपस्थिति रहने गाउँपालिकाले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



