गीतको माध्यमबाट पोषणको सन्देश
बैशाख ११ बुधवार, २०७६
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा बहुक्षेत्रीय पोषण सम्वन्धी लोक दोहोरी गीत प्रतियोगिता गरिएको छ ।
गाउँपालिकाले नयाँ वर्षको अवसर पारेर गीत र संगीतका माध्यमबाट बहुक्षेत्रीय पोषण सम्बन्धी सन्देश प्रवाह गर्नका लागि बुधवार गाउँपालिकाको प्राङ्गणमा ‘भान्सा सधैचार पोषिलो खानुपर्ने हुन्छ बारम्बार’ बोलको गीतमा वडा स्तरीय लोक दोहोरी प्रतियोगिता गरेको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा वडा नम्बर २ डाँडागाउँको कृष्णकुमारी कटुवालको समुह प्रथम भएको छ ।
यस्तै, वडा नम्बर ३ छोरम्बुको रमा बस्नेतको समुह दोश्रो र वडा नम्बर ५ सप्तेश्वर छितापोखरीको रमा कटवालकोे समुह तेश्रो भएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले वताए ।
पालिकाका ७ वडाका १४ समुहको सहभागीता रहेको प्रतियोगीताका प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गरेका समुहले क्रमशः नगद ५ हजार २५०, ३ हजार ७५० र २ हजार २५० नगदका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



