खोटेहाङमा अध्यक्ष कप पुरुष/महिला भलिबल प्रतियोगीता
बैशाख १५ आइतवार, २०७६
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा दोश्रो अध्यक्ष कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगीता सम्पन्न भएको छ ।
गाउँपालिकाको दोश्रो वार्षिकोत्सवको अवशरमा आयोजना गरिएको पुरुषतर्फको भलिबल प्रतियोगीतामा साकेला गाउँपालिका–५ मात्तिम प्रथम, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु दोश्रो र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे तेश्रो भएका छन् ।
यस्तै, महिलातर्फको भलिबल प्रतियोगीतामा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे (भँडारेघाट) प्रथम, खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी दोश्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरी तेश्रो भएका छन् ।
खोटाङबजारस्थित टुँडीखेलमा आयोजना गरिएको प्रतियोगीतामा पुरुषतर्फ जिल्लाका १४ टिम र महिलातर्फ ५ टिमको सहभागीता रहेको गाउँपालिकाकी उपाध्यक्ष कविता राईले बताईन् ।
महिला÷पुरुष भलिबल प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई क्रमशः ५० हजार, ३० हजार र २० हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ ।
प्रतियोगीतामा महिला भलिबलतर्फ दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीकी समिक्षा राई उत्कृष्ट डिफेन्डर, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेकी निलम राई उत्कृष्ट लिफ्टर, बतासेकै पवित्रा माकाजु श्रेष्ठ उत्कृष्ट स्पाइकर, सोही ठाउँकी सम्झना माझी टुर्नामेन्ट अफ द प्लेयर र खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीकी कविता राई अनुशासित खेलाडी घोषित भएका छन् ।
यस्तै, पुरुषतर्फ दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका हरिवावु राई उत्कृष्ट डिफेन्डर, साकेला गाउँपालिका–५ मात्तिमका रमेश बिक उत्कृष्ट लिफ्टर, सोही ठाउँका चक्रप्रसाद फुयाँल उत्कृष्ट स्पाइकर, छोरम्बुका बिशाल राई टुर्नामेन्ट अफ द प्लेयर र जन्तेढुंगा गाउँपालिका–३ काहुलेका आशिष राईले अनुशासित खेलाडीको पुरस्कार जितेका छन् ।
गत बिहिबारदेखि शनिबारसम्म सञ्चालन भएको प्रतियोगीताका खेलाडीलाई गाउँपालिकाको दोश्रो वार्षिकोत्सव समापनको अवशरमा आईतबार पुरस्कार प्रदान गरिएको छ । विजेतालाई नेकपाका नेता रामप्रसाद दंगाल, गाउँपालिका अध्यक्ष प्रदीप राई र उपाध्यक्ष राईले पुरस्कार प्रदान गरेका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



