‘सोल्टिनी आज के सारो राम्री’ लोक दोहोरी गीत सार्वजनिक
बैशाख १६ सोमवार, २०७६
खोटाङ । गायक कुबेर राई र गायिका सुनिता थेगिमको स्वरमा समेटिएको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका गायक राई र पाँचथरकी गायिका थेगिमको स्वर समेटिएको ‘सोल्टिनी आज के सारी राम्री’ बोलको पूर्वेली लोकदोहोरी गीत सोमबार तुवाचुङ टिभीको यूटुवमार्फत सार्वजनिक गरिएको हो ।
भविन्द्र राईको शव्द र गायक राईकै संगीत रहेको लोक दोहोरी गीत अदृश्य कला केन्द्र खोटाङले राजु कार्कीको एरेञ्जमा बजारमा ल्याएको हो ।
अधिकांश गीत सुविधा सम्पन्न शहरमा गएर यूटुवमा अपलोड गर्ने परिपाटीकाबीच अदृश्य कला केन्द्रले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित कार्यालयबाटै गीत सार्वजनिक गरेको हो ।
१३ मिनेट लामो लोक दोहोरी गीतमा खोटाङकै लोक संस्कृति र परिवेसलाई चित्रण गरिएको छ । गत मंसिरमा मात्र ‘सुनकोसीको चिसो पानी’ बोलको लोक गीत बजारमा ल्याएका राईले पुःन गायिका थेगिमसँगको सहकार्यमा दोहोरी गीत सार्वजनिक गरेको बताए ।
‘यो लोक दोहोरी मेरो पाँचौं गीत हो,’ गाउँमै बसेर गीत/संगीतको साधनामा लागेका गायक राईले भने, ‘आफ्नै गाउँ–ठाउँको परिवेस बोलेको गीत सन्देशमूलक पनि छ ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



