दिप्रुङमा सर्वाधिक राशीको भलिबल प्रतियोगीता
बैशाख १७ मंगलवार, २०७६
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सर्वाधिक राशीको महिला तथा पुरुष भलिबल प्रतियोगीता सम्पन्न भएको छ ।
गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार सञ्चालन गरिएको सर्वाधिक राशीको अन्तर गाउँपालिका स्तरिय भलिवल प्रतियोगीतामा पुरुषतर्फ उदयपुरको ताप्ली गाउँपालिका प्रथम, खोटाङको बराहपोखरी गाउँपालिका दोश्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिका रोभलुङ (छोरम्बु) तेश्रो भएका छन् ।

यस्तै, भलिवल प्रतियोगीताको महिलातर्फ दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरी प्रथम, दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा (ए) दोश्रो र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा (बी) तेश्रो भएका छन् ।

पुरुषतर्फ प्रथम स्थान प्राप्त गर्ने टिमलाई १ लाख ३० हजार, दोश्रो हुने टिमलाई ८० हजार र तेश्रो हुने टिमलाई ५० हजार तथा महिलातर्फ प्रथम स्थान प्राप्त टिमलाई ५० हजार, द्धितीय हुने टिमलाई ३५ हजार र तृतिय टिमलाई २५ हजार नगदका साथमा ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिएको छ ।

भलिवल प्रतियोगीताका सर्वोत्कृष्ट महिला र पुरुष खेलाडी, अनुशासित महिला र पुरुष खेलाडीलाई पनि जनही ५/५ हजारका साथमा ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगीताका विजयी खेलाडीलाई खोटाङ सेवा समाज यूकेका उपाध्यक्ष रत्न राई, गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राईले पुरस्कार हस्तान्तरण गरेका छन् ।
‘खेल खेलौ स्वास्थ्य रहौं, खेलको माध्यमद्धारा भाईचाराको विकास गरौं’ भन्ने नाराका साथ आईतबार याम्खास्थित खेलमैदानमा उद्घाटन गरिएको प्रतियोगीता मंगलबार डाँडागाउँको ओख्रे खेल मैदानमा समापन गरिएको हो ।
प्रतियोगीतामा पुरुषतर्फ १३ टिम र महिलातर्फ ५ टिमबीचमा प्रतिष्पर्धा भएको खेलकुद प्रतियोगीताका संयोजक शम्सेरबहादुर कार्कीले बताए ।
महिला/पुरुष भलिबल प्रतियोगीताको अवशरमा एकल नृत्य प्रतियोगीता समेत सञ्चालन गरिएको छ ।

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



