नेकपा खोटाङको अध्यक्षमा दंगालको प्रवल संभावना
नेपालको राजनीतिमा यतिबेला दुई ओटा कम्युनिष्ट पार्टीहरुको एकिकरण पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तल्ला कमिटीका एकता प्रक्रियाले नयाँ बहस सिर्जना गरेको छ । हाल सम्म ६५ वटा जिल्ला कमिटीहरुको नेतृत्व टुङ्गो लागेपनि प्रदेश नं. १ र २ का जिल्ला कमिटीहरुमा नेतृत्वको आकांक्षी धेरै भएपछि सर्वसम्मत नेतृत्व छान्न हम्मे परेकाले कार्यदलले अहिलेसम्म प्रतिवेदन बुझउन सकेको छैन । प्रतिवेदन बुझाएकाहरुले पनि एक भन्दा बढी आकांक्षीहरुको नाम स्थायी कमिटीमा सिफारीस गरेका छन् ।
प्रदेश नं. १ का धेरै जिल्लाको नेतृत्व टुङ्गो लागेपनि खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुरको नेतृत्व चयन प्रक्रिया पेचिलो बनेको छ । खोटाङ जिल्लको हकमा साविक एमालेको तर्फबाट तीन जना र साविक माओवादी केन्द्रको तर्फबाट १ जना अध्यक्षको आकांक्षी छन । आकांक्षी मध्ये साविक एमालेका उपाध्यक्ष रामप्रसाद दंगालको अध्यक्षमा निर्वाचित हुने संभावना प्रवल रहेको नेकपा खोटाङका नेता तथा कार्यकर्ताहरु बताउँछन ।
जस्तो सुकै कठिन परिस्थितिमा पनि अविचलित रुपमा पार्टी संगठनको सुदृढिकरण र विकासमा लागि रहने दंगाल विशेष गरि खोटाङका युवा नेता तथा कार्यकर्ताहरु माझ लोकप्रिय मानिने भएकाले पनि दंगाल एकीकृत पार्टीको जिल्ला कमिटीको नेतृत्व आँफूले पाउनेमा विश्वस्त छन ।
२०७२ सालमा भएको पार्टीको छौठौ अधिवेशनमा अध्यक्षमा निर्वा्चित हुने अवस्था हुँदाहुँदै पनि पार्टीको सर्वसम्मतको इतिहासलाई जोगाएर आम नेता तथा कार्यकताको भावनाको कदर गर्दै सर्वसम्मत नेतृत्व चयनको बाटो खोलेर सहज रुपमा पार्टीको एकतालाई बचाउन उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका दंगाल पार्टीको त्यही सँस्कार अनुरुप अहिले आँफु अध्यक्षमा निर्वाचित हुने बताउँछन ।
महाकाली सन्धिको विषयमा पार्टी विभाजन हुँदा जिल्लाका प्रमुख नेताहरु सहित बहुमत जिल्लाका नेताहरु मालेमा लागेको कठिन परिस्थितीमा पनि राम दंगाल, देवि रेग्मी, हरि पोखरेल, कर्ण घले लगायत केहि थोरै नेताहरु मात्र एमालेमा रहेका थिए । अल्पमतमा रहेर पनि दृढतापूर्वक पार्टीको पक्षमा जिल्ला रहेर अल्पमतमा रहेको पार्टीलाई अहिलेको सुदृढ अवस्थामा ल्याउन दंगालको महत्वपूर्ण भूमिका रहेको छ ।
पार्टी र संगठनको निम्त आँफूलाई जस्तोसुकै कठिन चुनौतीमा होम्न पछि नपर्ने दंगाल पार्टी संगठनको निर्माणमा लाग्दै गर्दा तत्कालिन माओवादीको सशस्त्र बिद्रोहमा ४६ दिनसम्म अपहरणमा परेका थिए । सबैखाले शोषण र दमनको अन्त्य कम्युनिष्ट आन्दोलनबाट मात्र संभव हुने ठानेर कम्युनिष्ट आन्दोलनमा लागेको बताउने दंगाल जननेता मदन भण्डारीलाई आफ्नो आदर्श मान्दछन् ।
संसारबाट कम्युनिष्ट आन्दोलन ढल्दै गर्दा जननेता मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकिकरण गरेकै कारणले नेपालमा कम्युनिष्ट पार्टी लोकप्रिय भएको र आफ्नै मौलिक कार्यदिशा जनताको बहुदलिय जनवाद(जबज) को सिर्जना गरेको र त्यहि अनुरुप अहिले संसार भरिकै कम्युनिष्ट आन्दोलन नयाँ शिराबाट अगाडि बढाउन जननेता मदन भण्डारीको योगदान रहेकोले आफ्नो आदर्श जननेता मदन भण्डारी रहेको दंगाल बताउँछन ।
खोटाङ जिल्लामा गाउँका कार्यकर्ता तथा जनताहरुले सदरमुकाममा केहि प्रशासनिक काम पर्दा पनि सहजिकरणको लागि जनताको पहिलो रोजाईमा दंगाल नै पर्ने गर्दछन । कार्यकता र जनताको काममा नै सन्तुष्टि लिने दंगालको सवल पक्ष हो । त्यसैले खोटाङका धेरै नेता कार्यकर्ता र जनता दंगाल नै नेकपाको अध्यक्ष भएको हेर्न चाहन्छन् ।
अहिले साविक एमालेबाट तीन जनाको नाम स्थायी कमिटीमा सिफरिस हुनु दुःखद भएकोले त्यो निर्णय तत्काल सच्याई दंगाललाई सर्वसम्मत रुपमा सिफरिस गर्न पार्टीको केन्द्रिय कमिटीमा जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरुलाई जिल्लाका कार्यकर्ताहरुले दवाब पनि दिएका छन ।
यो दवाबले पनि नेकपाको जिल्ला अध्यक्षमा दंगाल निर्वाचित हुने संभावना बढी रहेको बताउँछन जिल्लाका नेता कार्यकताहरु । पार्टीको केन्द्रमा पनि इमान्दार र निष्ठावान नेताको रुपमा परिचित दंगाललाई खोटाङ जिल्लाको नेतृत्व दिन पार्टी स्थायी कमिटी पनि सकारात्मक देखिएको छ ।
खोटाङ जिल्ला माओबादी केन्द्रको भागमा पर्ने हो भने माओवादी केन्द्रले अहिलेका जिल्ला इञ्चार्ज ध्रुव बुढाथोकीलाई अध्यक्षमा अगाडि बढाउने निर्णय गरिसकेको छ । तर पार्टी जनमत र संगठनको हिसावले एमाले अगाडि रहेको जिल्लामा माओवादीले नेतृत्व पाउने संभावना अत्यन्त कम छ । यदि मओवादीले नेतृत्व नपाएको खण्डमा समग्र जिल्लालाई एकताबद्ध बनाएर लान सक्ने क्षमता दंगालमा मात्र रहेकोले दंगाललाई सर्वसम्मत अध्यक्ष मान्न कुनै कठिनाई नरहेको साविक माओवादी केन्द्रका जिल्ला नेता तथा कार्यकर्ता बताउँछन ।
पार्टीको पुरानो सँस्कार र पार्टीमा गुट उपगुट चल्न नदिन अहिले दंगालको विकल्प छैन । सबैको राजनैतिक भविष्य सुरक्षित हुने गरि नेता कार्यकर्ताको व्यवस्थापन गर्नुपर्ने आवश्यकता हो । अरु आकांक्षीहरु वरियतामा राम दंगालभन्दा पछाडि हुनुहुन्छ वहाँहरुको पछि पनि नेतृत्वमा दाबी गर्ने समय छ त्यसैले अहिले नेतृत्व दंगालले गर्नु हुन्छ, एक केन्द्रिय नेताले बताए ।
सिफारिस भएका तीन नेता मध्ये अन्य दुई नेताहरु संघर्ष र वरियतामा दंगाल भन्दा निकै पछाडि रहेकाले पनि दंगालको संभावना प्रवल छ । यसरी जिल्ला र केन्द्र दुबैतर्फ माहोल दंगालको पक्षमा भएकोले नेकपा खोटाङको अध्यक्ष हुने संभावना प्रवल देखिएको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



