एकल नृत्य प्रतियोगीतामा मनिता प्रथम

बैशाख १८ बैशाख २०७६
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आयोजित एकल नृत्य प्रतियोगीतामा मनिता राई प्रथम भएकी छन् । मंगलबार राती सम्पन्न प्रतियोगीतामा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी मनिता प्रथम भएकी हुन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी विज्ञान राई दोश्रो र याम्खाकी कल्पना बिश्वकमर्मा तेश्रो भएका छन् ।

नृत्य प्रतियोगीतामा प्रथम हुने प्रतिभालाई १० हजार, दोश्रोलाई ७ हजार र तेश्रोलाई ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

विजयी प्रतिभालाई खोटाङ सेवा समाज यूकेका उपाध्यक्ष रत्न राई, गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राईले पुरस्कार हस्तान्तरण गरेका छन् ।

गाउँमा रहेका प्रतिभा पहिचान गर्दै प्रोत्साहनका लागि एकल नृत्य प्रतियोगीता गरिएको गाउँपालिकाले जनाएको छ ।