साहित्यकर्मीले सम्झिए मृतक वडाध्यक्ष
बैशाख १८ बुधवार, २०७६
खोटाङ । खोटाङका साहित्यकर्मीले निमोनियाका कारण ज्यान गुमाएका वडाध्यक्षको सम्झना गरेका छन् । साहित्यमा मनी मञ्जिलका नामले परिचित साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणीकुमार राईलाई जिल्लाका साहित्यकर्मीले सम्झना गरेका हुन् ।
निमोनियाका कारण बैशाख ९ गते ज्यान गुमाएका राईको सम्झनामा बुधबार राष्ट्रिय वाङमय कला प्रतिष्ठान, टेम्के तुवाचुङ प्रतिष्ठान, खोटाङ गजल मञ्च र प्रगतिशिल लेखक संघले दिक्तेलमा श्रद्धाञ्जली सभा गरेर राईको सम्झना गरेका हुन् ।
जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रमका नेता तथा साहित्यकर्मीले मनी मञ्जिलको साहित्यीक र राजनैतिक योगदानका विषयमा चर्चा गरेका छन् ।
वक्ताहरुले खोटाङ गजल मञ्चका पुर्वसचिव एबं प्रगतीशिल लेखक संघका वर्तमान सदस्य रहेका राईको निधनले जिल्लाको साहित्यीक र राजनैतिक क्षेत्रमा अपुरणीय क्षती पुगेको बताएका छन् ।
खिदिमाको भौतिक विकासमा मनी मञ्जिलको महत्वपूर्ण योगदान रहेको उनका समकक्षी शिक्षक पृथी जिम्बाले चर्चा गरे ।
कार्यक्रममा पूर्वसभाषदद्धय समिता कार्की र दुर्गाजयन्ती राई, राष्ट्रिय वाङमय कला प्रतिष्ठानका अध्यक्ष विष्णु आभूषण, नेकपा नेता कुमार आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, नेकपा नगर कमिटिका अध्यक्ष विसन राई, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष मनकाजी राई, टेम्के तुवाचुङ प्रतिष्ठानका अध्यक्ष भोगेन एक्ले, खोटाङ गजल मञ्चका अध्यक्ष शरण खत्री मृदुल, प्रगतीशिल लेखक संघका उपाध्यक्ष मिनकुमार दाहाल लगायतले मनी मञ्जिलको व्यक्तित्व र योगदानको चर्चा गरेका छन् ।
कार्यक्रम राष्ट्रिय वाङमय कला प्रतिष्ठानका उपाध्यक्ष एलपी घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो ।
२०३९ साल पुस १ गते जन्मिएका राईले विशेष गरी कविता र गजलमा कलम चलाउँदै आएका थिए । स्वास्थ्य समस्या बल्झिँदै गएपछि उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजानेक्रममा राईको खिदिमाकै सौर्य भन्ने ठाउँमा बाटैमा निधन भएको थियो ।
गाउँपालिकामा राजनैतिक भविष्य बोकेका राई स्थानीय तहको निर्वाचनमा तत्कालिन एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनका श्रीमती र दुई छोरी छन् ।






खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



