निगमको जहाजले असारदेखि जापानमा उडान गर्ने

निगमले मध्य असारदेखि वाइडबडी विमानमार्फत सातामा तीन दिन जापानमा सिधा उडान गर्ने जनाएको छ ।

‘जापान उडान गर्ने अब निश्चित भयो,’ निगमका सहायक प्रवक्ता नवराज कोइरालले भने, ‘असार १९ गतेदेखि ओसाकामा नियमित उडान गर्छौँ ।’ उनका अनुसार आइतबारदेखि टिकट बिक्री खुला गरिनेछ ।

काठमाडौं-ओसाकाको एकतर्फी हवाई भाडा कम्तीमा ४५ हजार तथा दुईतर्फी ८० हजारसम्म कायम हुने कोइरालाले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।