किरात राई विद्यार्थी संघप्रति नेबिसंघको सद्भाव
बैशाख २३ सोमवार, २०७६
खोटाङ । नवौं राष्ट्रिय महाधिबेसनमा जुटेको किरात राई विद्यार्थी संघ केन्द्रीय समितिलाई नेपाल विद्यार्थी संघ खोटाङले सहयोग रकम संकलन गरेर हस्तान्तरण गरेको छ ।
आगामी बैशाख २६ गतेदेखि तीन दिनसम्म दिक्तेलमा हुने किरात राई विद्यार्थी संघको राष्ट्रिय सम्मेलन सफल बनाउनका लागि नेविसंघले सहयोग रकम संकलन गरेर हस्तान्तरण गरेको हो ।
फरक विद्यार्थी संघ भएपनि मित्रशक्तीप्रतिको सद्भाव र सौहाद्रताका लागि ४८ हजार १ सय ७७ रुपैयाँ रकम संकलन गरेर किरात राई विद्यार्थी संघलाई प्रदान गरिएको नेविसंघ खोटाङका सभापति राजकुमार बस्नेतले बताए ।
विभिन्न ५२ दाताबाट संकलन गरिएको रकम आईतबार साँझ सगरमाथा होटलमा आयोजित कार्यक्रममा कांग्रेस जिल्ला सभापति नरेशकुमार श्रेष्ठले किरात राई विद्यार्थी संघ केन्द्रीय समिति अध्यक्ष बिर्सिका राईलाई हस्तान्तरण गरेका छन् ।
फरक संगठन भएपनि शैक्षिक अधिकार र मुद्धामा सहकार्य गर्नुपर्ने भएकाले नेविसंघमार्फत सहयोग रकम संकलन गरिएको तरुण दल खोटाङका उपसभापति सञ्जयकुमार राईले बताए ।
महाधिबेसनका लागि नेविसंघले किरावि संघलाई सहयोग गरेपछि यायोक्खाले समेत प्रशंसा गरिरहेका छन् । नेबिसंघले महाधिबेसनकाक्रममा स्वयंसेवककारुपमा समेत सहयोग गर्ने आश्वसन दिएको छ ।
‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किराँत स्वयत्त राज्य निर्माण गर्नका लागि गाउँ नगर लागौँ’ भन्ने नारासहित दिक्तेलमा किरात राई विद्यार्थी संघ केन्द्रीय समितिको राष्ट्रिय महाधिबेसनको तयारी भइरहेको छ ।
विभिन्न १९ जिल्लाका किरात राई विद्यार्थी संघको प्रतिनिधि एबं पर्यवेक्षक गरी करिब ५ सयको सहभागीता रहने भएकाले सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि संघकी केन्द्रीय अध्यक्ष राई लगायतको टोली सम्मेलनको तयारीमा खटिएका छन् ।
किरात राई बिद्यार्थी संघको राष्ट्रिय सम्मेलनका कारण हुने जमघटले जिल्लाको आर्थिक र सामाजिक क्षेत्रमा समेत फाईदा पुग्ने भएकाले सम्मेलनलाई भव्य बनाउन लागि परेको किरात राई विद्यार्थी संघले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



