टेम्के तुवाचुङ पुरस्कार मूर्तिकार राईलाई प्रदान
बैशाख २३ सोमवार, २०७६
खोटाङ । खोटाङका मूर्तिकार रोजन राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७५’ प्रदान गरिएको छ । टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले पाँचौं वार्षिकोत्सवको अवशर पारेर शनिबार मूर्तिकार राईलाई ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको हो ।
प्रतिष्ठानले जिल्लाको भाषा, कला, साहित्य, गीतसंगीत, खेलकूद लगायतका क्षेत्रमा विशेष योगदान पु¥याउने उत्कृष्ट एक प्रतिभालाई हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष मूर्तिकार राईलाई प्रदान गरेको जनाएको छ ।
मूर्ति तथा प्रतिमा निर्माण गरेर देश बिदेशमा ख्याती कमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा घर भई हाल धरानमा बस्दै आएका मूर्तिकार राईलाई केपीलासगढी गाउँपालिकाको बाक्सिलास्थित पृथ्वी माविको सभा हलमा आयोजित कार्यक्रममा केपीलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले दोसल्ला ओढाएर ताम्रपत्रका साथमा पुरस्कार प्रदान गरेका छन् ।
मूर्ति तथा प्रतिमा निर्माणका माध्यमबाट देश विदेशसम्म नेपाली समाज र संस्कृतिको प्रचार–प्रसारमा योगदान पु¥याएकामा मूर्तिकारलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७५’ प्रदान गरिएको अध्यक्ष एक्लेले बताए ।
२०४५ सालदेखि बाँसको जराको विभिन्न आकृति तथा २०६५ सालदेखि तामा, पित्तल, फाइवर र रेजिनको मूर्ति बनाउँदै आएका राईले स्वदेश तथा विदेशबाट विभिन्न सम्मान तथा पुरस्कार पाइसकेका छन् ।
हङकङमा बसोबास गरिरहेका नेपाली साहित्यकारको पहलमा २०७० सालमा स्थापना गरिएको २ लाखको अक्षय कोषबाट प्रतिष्ठानले विभिन्न विद्याका प्रतिभालाई बार्षिक रुपमा पुरस्कृत गर्दै आएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



