सरकारको नीति तथा कार्यक्रम रामायण, कृष्ण चरित्र र भगवान गीताजस्तै : गुरुङ
बैशाख २३ सोमवार, २०७६
खोटाङ । प्रतिनिधिसभाकी सदस्य हिरा गुरुङले सरकारले ल्याएको नीति तथा कार्यक्रम रामायण, कृष्ण चरित्र र भगवान गीताजस्तै लम्बेतामको देखिएको बताएकी छिन् ।
सरकारको नीति तथा कार्यक्रम बोल्दै सदस्य गुरुङले काण्डै काण्डले रुमलिएको सरकारले ल्याएको नीति तथा कार्यक्रम रामायण, कृष्ण चरित्र र भगवान गीताजस्तै लम्बेतामको देखिएको र जसको एक वर्षमा कार्यान्वयन संम्भव नभएको उनले जिकिर गरिन् ।
सरकारको नीति तथा कार्यक्रम कुनै धारावाहिक सिरियल जस्तै भएको । आज राम्रो सिरियल हे¥र्यो भोली कस्तो आउँछ भन्ने दर्शकमा भ्रम परे झै नीति तथा कार्यक्रम पनि जनतालाई भ्रममा पार्ने कार्यक्रम भएको बताईन् ।
१० वर्षीय द्धन्द्वकालमा कति मानिस मारिए ? उनले भनिन्, १७ हजार मानिस मारिए खै त्यस्ता मानिस लागि नीति तथा कार्यक्रम ल्याएको । खै यो सरकारले सोचेको, ति पीडितहरु आज कहाँ छन् ? के गर्दै छन् ? तिनको अवस्था कस्तो छ । र, यो राज्यले द्वन्द्व पीडित, विस्थापित, घाइतेहरुको समस्यालाई नीति तथा कार्यक्रममा सरकारले राख्न पर्छ कि पदैन ? उनले थपिन् ‘शहिदहरुको मुल्याङकन गरी यो राज्यले शहिद परिवारलाई उचित व्यवस्था नीति तथा कार्यक्रममा अटाउनुपर्छ ।’
सरकारको नीति तथा कार्यक्रम रोजगारी सिर्जनामा उदासिनता छ । कुरा ठूलोठूलो खै त जनतालाई रोजगार ? के छ रोजगारी, युवालाई रोजगारी दिने भनेको छ ।
खाडी राष्ट्रमा सम्झौता गरेर रेमिट्यान्सका लागि युवाजती खाडी राष्ट्र पठाईएको छ । उनले सरकारसँग प्रश्न गरिन, ति युवाहरुलाई रोक्ने नयाँ कार्यक्रम ल्याउनु प¥र्यो नि नेपालमा ? राष्ट्रपतिले सम्बोधन गरेको मेरो सरकारको प्रसंगलाई लिएर सदस्य गुरुङले तपाईको सरकार कि सवैको सरकार भनेर राष्ट्रपतिलाई प्रश्न गरिन ।
सरकार सवैको भएको सदस्य गुरुङले बताएकी छिन् । राष्ट्रपतिको सम्बोधनलाई प्रतिपक्षले विरोध नगरी सच्चिन समय दिएको बताईन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



