प्रथम दिप्रुङ चुइचुम्मा स्टारको फाईनलमा ११ प्रतिष्प्रर्धी
बैशाख २३ सोमवार, २०७६
खोटाङ । दिप्रुङ चुइचुम्मा जारी प्रथम दिप्रुङ चुइचुम्मा स्टार–२०७६ को फाईनलमा ११ प्रतिष्प्रर्धी प्रवेश गरेका छन् ।
सोमवार साँझ पञ्चमीबजारमा सम्पन्न दोश्रो राउण्डबाट २९ प्रतिष्प्रर्धीमध्ये ११ प्रतिष्प्रर्धी प्रथम दिप्रुङ चुइचुम्मा स्टारको फाईनलमा प्रवेश गरेका हुन् ।
फाईनल यात्रा तय गरेका प्रतिष्प्रर्धीबीचमा आगामी जेठ ९ गते गाउँपालिकाको प्रांगणमा फाईनल अडिसनको प्रतिष्पर्धा गराएर प्रथम दिप्रुङ चुइचुम्मा स्टार छानिने कार्यक्रम संयोजक तथा गाउँपालिका उपप्रमुख सपना राईले जानकारी दिईन् ।
अडिसनमा गायक रुपकुमार राई, गायक रोशन राई (पालुवा स्टार) र गीतकार तथा संगीतकार सुवास राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
दिप्रुङ चुइचुम्मा स्टारका प्रथम स्थान प्राप्त गर्ने प्रतिभाले नगद ६५ हजारका साथमा एक वटा गीत रेकर्डिङको अवशर, दोश्रो हुने प्रतिभाले नगद ३० हजार र तेश्रो हुने प्रतिभाले नगद १५ हजार प्राप्त गर्ने गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए ।
दिप्रुङ चुइचुम्मा स्टारमा सोही गाउँपालिकाभित्रका प्रतिभाले मात्र सहभागीता जनाएको आयोजकको भनाइछ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



