राई विद्यार्थी संघको राष्ट्रिय सम्मेलन आज उद्घाटन हुँदै
बैशाख २६ बिहिवार, २०७६
खोटाङ । किरात राई बिद्यार्थी संघ केन्द्रिय समितिको ९ औं राष्ट्रिय सम्मेलन खोटाङमा हुँदैछ ।
‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किरात स्वयत्त राज्य निर्माण गर्नका लागि गाउँ नगर लागौँ’ भन्ने नारासहित आज बिहिबार दिउँसो दिक्तेलको हेलीप्याडमा सम्मेलन उद्घाटन हुँदैछ । सम्मेलन किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिबस राईले उद्घाटन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।
पूर्वी नेपालका १४ जिल्ला र उपत्यकाको तीन जिल्लामा संगठन रहेको संघको राष्ट्रिय सम्मेलनमा प्रतिनिधि एबं पर्यवेक्षक गरी करिब पाँच सयको उपस्थिति रहेको किरात राई विद्यार्थी संघकी केन्द्रीय अध्यक्ष बिर्सिका राईले बताईन् । सम्मेलनले नयाँ नेतृत्व चयनसँगै संघको भावी कार्यदिशा तय गर्ने छ ।
शैक्षिक, सामाजिक, साँस्कृतिक, धार्मिक, आर्थिक र राजनैतिक विभेदका विरुद्धमा संघर्ष गर्दै आएको संघले १ नम्बर प्रदेशको नाम किरात राख्नका लागि आग्रह गरेको छ ।
‘किरात भूगोल, सभ्यता र इतिहास हो । त्यस कारण प्रदेशको नाम किरात सर्वसम्मत नहुनु दुःखद विषय हो,’ अध्यक्ष राईले भनिन्, ‘प्रदेशको नाम किरात राख्न सबै दलका सांसदहरुलाई अनुरोध गर्दछौँ । हाम्रो माग सम्बोधन नभए आन्दोलन हुने निश्चित छ ।’
संघले २०५८ साल बैसाख १३ गते राज्यतर्फबाट बेपत्ता बनाइएका संघका संस्थापक अध्यक्ष नविन राईलाई सार्वजनिक गर्न र विप्लव नेतृत्वको नेकपा माओबादीमा आवद्ध भएकामा गत चैत्रमा पक्राउ परेका संघका संखुवासभाका पूर्वअध्यक्ष एबं पूर्व केन्द्रीय परिषद सदस्य सुनिता राईको विनाशर्त रिहाइको माग गरेको छ ।
संघकै पहलमा खोटाङबजारमा जननायक रामप्रसाद राई स्मृति पार्क निर्माणको काम सुरु गरिएको जानकारी दिइएको छ ।
किरात राई बिद्यार्थी संघको राष्ट्रिय सम्मेलनका कारण हुने जमघटले जिल्लाको आर्थिक र सामाजिक क्षेत्रमा समेत फाईदा पुग्ने भएकाले सम्मेलनलाई भव्य बनाउन लागि परेको संघले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



