किरात राई विद्यार्थीको राष्ट्रिय सम्मेलन सुरु
बैशाख २६ बिहिवार, २०७६
खोटाङ । खोटाङमा किरात राई विद्यार्थी संघ केन्द्रिय समितिको ९ औं राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किरात स्वयत्त राज्य निर्माण गर्नका लागि गाउँ नगर लागौँ’ भन्ने नारासहित सुरु भएको सम्मेलन किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिबस राईले उद्घाटन गरेका हुन् ।


बिहिबार दिउँसो हेलीप्याडमा तीन चुल्होमा आगो बालेर उद्घाटन गरिएको तीन दिने सम्मेलनले नयाँ नेतृत्व चयन एबं भावी कार्यदिशा तय गर्दै सम्पन्न हुने संघले जनाएको छ ।
संघको राष्ट्रिय सम्मेलनमा पुर्वी नेपालका १४ जिल्ला र उपत्यकाका तीन जिल्लाका प्रतिनिधि एबं पर्यवेक्षकको उपस्थिति रहेको छ ।
सम्मेलन उद्घाटन अघि संघले दिक्तेल बजारमा ¥याली निकालेको थियो । साँस्कृतिक झाँकी सहितको ¥यालीमा बहुभाषिक बिश्वविद्यालय, बैज्ञानिक शिक्षा प्रणाली लगायतको माग गरिएको छ ।
संघको राष्ट्रिय सम्मेलनका कारण हुने जमघटले जिल्लाको आर्थिक र सामाजिक क्षेत्रमा समेत फाईदा पुग्ने भएकाले सम्मेलनलाई भव्य बनाउन लागि यायोक्खा समेत लागि परेको थियो ।
भिडियो……….
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



