जिल्ला लिग फुटबल प्रतियोगीता हुँदै
बैशाख २६ शुक्रवार, २०७६
खोटाङ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगीताको तयारी गरिएको छ ।
यस वर्ष एन्फाको अस्थायी सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल संघले जिल्लाकै इतिहासमा पहिलोपल्ट जिल्ला लिग फुटवल प्रतियोगीताको तयारी थालेको हो ।
जिल्ला लिग फुटबल प्रतियोगीता सञ्चालनका लागि एन्फाले बैशाख १५ गते पत्राचार गरेको फुटवल संघका अध्यक्ष ध्रुवविक्रम राईले बताए ।
जिल्ला लिगमा फुटवल संघमा आवद्ध जिल्लाका ९ वटा फुटवल क्लवले मात्र प्रतिष्पर्धा गर्न पाउने संघले जनाएको छ । आगामी असार १५ गतेभित्रमा जिल्ला लिग सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको अध्यक्ष राईले बताए ।
जिल्ला लिगमा सोल्मा स्पोर्टस क्लव सोल्मा, वाक्सिला फुटवल क्लव, खारम्बु स्पोर्टस क्लव, नुनथला स्पोर्टस क्लव, हलेसी तुवाचुङ फुटबल क्लव, बुईपा इलाभेन स्पोर्टस टिम, नमूना स्पोर्टस क्लव, खोटाङ फुटवल एकेडेमी र खोटाङ भगवती स्पोर्टस क्लवले प्रतिष्पर्धा गर्ने छन् । जिल्ला लिगका विजेता टिमले प्रदेश स्तरिय लिगमा प्रतिष्पर्धा गर्न पाउने बताइएको छ ।
जिल्ला लिगका लागि प्रतिष्पर्धामा सहभागी हुने टिम संख्या, खेल हुने स्थान लगायत निश्चित गरेर एन्फालाई रकमका लागि आग्रह गर्ने संघले जनाएको छ । २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई एन्फाले यस पल्ट सदस्यता दिने निर्णय गरेको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



