किरात राई विद्यार्थी संघको केन्द्रीय अध्यक्षमा जितेन निर्वाचित

बैशाख २९ आइतवार, २०७६
खोटाङ । किरात राई विद्यार्थी संघ केन्द्रीय समितिको अध्यक्षमा जितेन राई निर्वाचित भएका छन् ।

‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किरात स्वयत्त राज्य निर्माण गर्नका लागि गाउँ नगर लागौँ’ भन्ने नारासहित खोटाङको शुभम फाउण्डेसनको सभा हलमा आईतबार भएको नवौं सम्मेलनबाट जितेन अध्यक्षमा निर्वाचित भएका हुन् ।

३७ सदस्यीय रहने संघको उपाध्यक्षमा शोभित राई र सन्तोष मुम्मिन राई, महासचिवमा रविन राई, सचिवमा प्रविणा राई र दिपेन राई, कोषाध्यक्षमा देवकुमार बाहिङ राई र सह–कोषाध्यक्षमा प्रभा राई निर्वाचित भएका छन् ।

सम्मेलनले संघको संगठन विभाग प्रमुखमा उदिम चाम्लिङ, प्रचार प्रसार तथा समन्वय विभाग प्रमुखमा शुभमानसुङ राई, शैक्षिक विभाग प्रमुखमा भीम दुमी राई, प्रशिक्षण विभाग प्रमुखमा निराजन किराती, भाषा, धर्म, संस्कृति विभागमा समिप साम्पाङ, अनुशासन विभागमा डार्बिन राई, महिला विभाग प्रमुखमा सुशिला राई चयन भएका छन् ।

यस्तै, स्वयंसेवक विभाग प्रमुखमा सञ्जय राई, अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सिताराम राई र विदेश विभाग प्रमुखमा सुमन राई चयन भएका छन् ।

सुदिप थुलुङ राई, तिलक राई, ममता राई, विसा विख्याति राई, इसाक राई, दिपक राई, रोशन राई, सागर राई, किरण राई, रमला राई, नबिन राई, वशन्त राई, सजिना राई, हेमराज राई, श्यामकला राई, इन्द्रहाङ राई र रमेश राई केन्द्रीय सदस्यमा चुनिएका छन् ।

सम्मेलन किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले दिक्तेलको हेलीप्याडमा उद्घाटन गरेका थिए ।