हेलिकप्टर कम्पनीमा पाइलटकाे अभाव

बैशाख ३१ मंगलवार, २०७६
काठमाडाैं । नेपाली हेलिकप्टर कम्पनीहरु सर्वाधिक व्यस्त हुने समय हो वषन्तकालीन हिमाल आरेहण सिजन । अहिले हिमाल आरोहणमा उद्धार, सरसामग्री ओसारपसार लगायतका उडान हुन्छन् ।

नेपालमा दर्ता भएका १० वटा निजी हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टर यतिबेला खुम्बु क्षेत्रतर्फ व्यस्त छन् ।

हेलिकप्टर सोसाइटी अफ नेपालका अनुसार लुक्लादेखि कालापत्थर, गोरक्सेप, फेरिचे, फाक्दिन र सगरमाथा आधार शिविरका लागि सबैभन्दा धेरै उडान भइरहेका छन् ।

‘दिनमा १ सय ७६ वटासम्म उडान भए,’ सोसाइटीका महासचिव योगराज कँडेलले भने, ‘दिनमा कम्तीमा ९० सम्म हेलिकप्टर उडान भइरहेका छन् ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।