प्रेस स्वतन्त्रताविरोधी प्रावधान हटाऊ : महासंघ
बैशाख ३१ मंगलवार, २०७६
खोटाङ । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्न सभामुखको ध्यानाकर्षण गराएको छ।
महासंघको टोलीले सोमबार सभामुख कृष्णबहादुर महरालाई सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटी प्रेस स्वतन्त्रताविरोधी प्रावधान रहेको विधेयक रोक्न ध्यानाकर्षण गराएका हुन्।
महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिलका पदाधिकारी नियुक्ति तथा पदच्युत, जरिबानाको व्यवस्था तथा काउन्सिललाई सरकारले निर्देशन दिन सक्ने भनी गरिएको व्यवस्थालगायतले काउन्सिललाई स्वयायक्त नभई पूर्णरूपमा सरकारको नियन्त्रणमा राख्न खोजिएको भन्दै ती व्यवस्था हटाउनुपर्ने माग गरे।
महासंघको आन्दोलन सरकार र लोकतन्त्रविरुद्ध नभई प्रेस स्वतन्त्रताको पक्षमा भएको स्पष्ट गर्दै आचार्यले भने, ‘योभन्दा पहिला भएको ऐनमा हटाउनसक्ने व्यवस्था छैन तर कार्यदक्षता वा अन्य जुनसुकै आरोप लगाएर पनि जुनसुकै बेला हटाउन सक्ने व्यवस्था छ।
कुनै पनि देशमा नभएको अभ्यास र विषय नेपालमा ल्याएर लोकतन्त्रको प्रमुख आधार खम्बा आमसञ्चार क्षेत्र/प्रेसलाई नै भत्काइयो भने लोकतन्त्र कसरी बलियो हुन्छ ? पत्रकार महासंघले लोकतन्त्रको विरुद्ध हामीले आन्दोलन गरिराखेका छैनौ । लोकतन्त्र बलियो बनाउन आन्दोलन गरिरहेका छौं।’
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



