मिडिया काउन्सिल विधेयक विरूद्ध पत्रकारले बाँधे हातमा कालोपट्टी
जेठ १ बुधवार, २०७६
खोटाङ । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै खोटाङका पत्रकारहरू हातमा कालोपट्टी बाँधेर काम गरिराखेका छन् ।
पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले आह्वान गरेको देशव्यापी आन्दोलनअनुसार दिक्तेलको त्रिवेणी चौकमा भेला भएका पत्रकारहरूले बुधबार हातमा कालोपट्टी बाँधेर काम गरिरहेको नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राईले वताए ।
सरकारले गत बिहीबार सदनमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक संविधानको मर्म र भावना अनुसार नभएको तथा सरोकारवाला पक्षसँग छलफल र सहमति वेगर नै ल्याइएको भन्दै पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन् ।
विधेयकमा कसैको मानमर्दन हुने गरी पत्रकारले समाचार लेखेमा १० लाखसम्म क्षतिपूर्ति भराउन सकिने उल्लेख भएकोमा पत्रकारहरुले त्यो सच्याउन विधेयक फिर्ता लिनुपर्ने बताएका हुन् ।
सरकारले प्रेस काउन्सिलको सट्टामा मिडिया काउन्सिल बनाउन विधेयक ल्याएको हो । नौ सदस्यीय हुने उक्त मिडिया काउन्सिल सरकार नियन्त्रित संस्थाका रुपमा बनाउन लागेपछि पत्रकारहरु आन्दोलनमा छन् ।
पत्रकार महासंघ र प्रेस युनियनले यसअघि विधेयक फिर्ता लिन पहल गरिदिन माग गर्दै संघीय संसदका सभामुख र राष्ट्रिय सभा अध्यक्ष समक्ष प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाइसकेका छन् ।
प्रेस युनियनले देशभरका शाखालाई पत्राचार गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा सहभागी हुने कार्यक्रम बहिष्कार गर्नसमेत निर्देशन दिएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



