बिनोद बने प्रथम दिप्रुङ चुइचुम्मा स्टार
सुनिता राई
जेठ ९ बिहिवार, २०७६
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आयोजित प्रथम दिप्रुङ चुइचुम्मा स्टार–२०७६ याम्खाका बिनोद राईले जितेका छन् ।
बिहिवार साँझ गाउँपालिकाको प्रांगणमा सम्पन्न ग्राण्ड फिनालेमा आफ्ना प्रतिष्पर्धीलाई पछि पार्दै राईले दिप्रुङ चुइचुम्मा स्टारको उपाधि जितेका हुन् ।
‘साहित्य कला अनि संस्कृतिको सार, भाषा–धर्म बहुलता नै विकासको आधार’ भन्ने नारासहित बैशाख २२ गते कृष्ण मावि टेम्माबाट सुरु गरिएको दिप्रुङ चुइचुम्मा स्टारमा टेम्माका दिलीप राई दोश्रो र डाँडागाउँका रमेश खड्का तेश्रो भएको गाउँपालिका उपाध्यक्ष सपना राईले बताईन् ।
गायनका नयाँ प्रतिभालाई अवशर दिन र प्रतिभाको सम्मानका लागि आयोजना गरिएको दिप्रुङ चुइचुम्मा स्टारका प्रथम स्थान प्राप्त गर्ने प्रतिभाले नगद ६५ हजारका साथमा एक वटा गीत रेकर्डिङको अवशर प्राप्त गरेका छन् ।
दोश्रो हुने प्रतिभाले नगद ३० हजार र तेश्रो हुने प्रतिभाले नगद १५ हजार प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।
पालिकाभित्रका प्रतिभा मात्र सहभागी गराइएको प्रतियोगीतामा गायक रुपकुमार राई, गायिका कला राई, गायक रोशन राई (पालुवा स्टार), गायक केवी राईलगायतले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
विजेतालाई गाउँपालिका अध्यक्ष भुपेन्द्र राई, उपाध्यक्ष सपना राई लगायतले पुरस्कार हस्तान्तरण गरेका छन् ।
‘अझै पनि कुना कन्दरामा लोभलाग्दा प्रतिभाहरु ओझेलमै छन,’ अध्यक्ष राईले भने, ‘अवशर खोजीरहेका तिनै प्रतिभालाई पहिचान गरेर व्यवसायिक रुपमा गीत संगीतमा लाग्ने वातावरण निर्माणका लागि दिप्रुङ चुइचुम्मा स्टारको आयोजना गरिएको हो ।’

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



