‘च्यास्मीटार आकाशगंगा’ विमोचन
जेठ ९ बिहिवार, २०७६
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा ‘च्यास्मीटार आकाशगंगा’ नामक पुस्तक विमोचन गरिएको छ ।
च्यास्मीटार माविका भूतपूर्व विद्यार्थीको संगठन च्यास्मीटार उमावि भूतपूर्व विद्यार्थी तथा सरोकार मञ्चको शिक्षा विभागले प्रकाशन गरेको पुस्तक बिहिबार विमोचन गरिएको हो ।
च्यास्मीटार माविको प्रांगणमा आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, उपप्रमुख बिमला राई, वडाध्यक्ष भलाराज राई, जिल्ला समन्वय समिति सदस्य कमलकुमारी राई, नेकपाका नेता सुरेन्द्र राई, जीवन राई, कांग्रेस नेता देबेन्द्र राई, कर्मजीत राई, खम्बुवान राष्ट्रिय तुलसी तिलुङ खम्बु, वडा सदस्य कुलबहादुर राई लगायतले ८९ पृष्ठको पुस्तक विमोचन गरेका हुन् ।
च्यास्मीटार माविबाट एसइई उत्तिर्ण गरेपछि उच्च शिक्षाका लागि राजधानी पुगेका विद्यार्थीले २०६८ सालमा गठन गरेको मञ्चले प्रकाशन गरेको मुखपत्रमा च्यास्मीटारको शैक्षिक, भौतिक, राजनीतिक, सामाजिक, पर्यटन, खेलकुद, च्यास्मीटारको सम्भावना, चुनौती, युवाको भूमिका लगायतका विषयवस्तु समेटिएका छन् ।
शिक्षा र चेतनास्तर अभिबृद्धि गर्दै समाजको विकृति र विसंगति हटाएर नागरिकमा सकरात्मक प्रभाव पार्नका लागि सोही अनुशारको विषयवस्तु समेटेर मुखपत्र विमोचन गरिएको च्यास्मीटार उमाबि भूतपूर्व विद्यार्थी तथा सरोकार मञ्चको शिक्षा विभागका संयोजक भविन्द्रकुमार चाम्लिङले बताए ।
मुखपत्रमा ३० वटा लेख समेटिएका छन् । भुतपूर्व विद्यार्थी तथा सरोकार मञ्चले शैक्षिक क्रियाकलाप सहित सामाजिक तथा परोपकारका काम गर्दैआएको छ ।
जेहेन्दार छात्र/छात्रालाई छात्रबृत्ति
च्यास्मीटार उमाबि भूतपूर्व विद्यार्थी तथा सरोकार मञ्चले च्यास्मीटार माविका जेहेन्दार दुई विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । कक्षा ९ की जेहेन्दार छात्रा पासाङ राई र कक्षा ८ का छात्र दिलीप राईलाई छात्रबृत्ति प्रदान गरिएको हो ।
उत्कृष्ट अंक ल्याएर माथिल्लो कक्षा उक्लिने छात्र/छात्रालाई प्रोत्साहन स्वरुप छात्रबृत्ति प्रदान गरिएको च्यास्मीटार उमावि भूतपूर्व विद्यार्थी तथा सरोकार मञ्चको शिक्षा विभागका संयोजक भविन्द्रकुमार चाम्लिङले बताए । उत्कृष्ट छात्र/छात्रालाई हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईले छात्रबृत्ति स्वरुप जनही दुई हजार पाँच सय हस्तान्तरण गरेका छन् ।
बालबच्चालाई विद्यालय नपठाउने अभिभाबकको चेतना अभिबृद्धि गर्दै उनीहरुमाझ नैतिक दवाव सिर्जना गर्नका लागि पनि उत्कृष्ट छात्र/छात्रालाई छात्रबृत्तिको व्यवस्था गरिएको मञ्चले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



