कांग्रेस नेता कार्की समाजवादीमा प्रवेश

जेठ ११ शनिवार, २०७६
खोटाङ । नेपाली कांग्रेसका महासमिति सदस्य केशवराज कार्की समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

नवगठित समाजबादी पार्टीको शनिबार बिराटनगरमा आयोजित प्रादेशिक अभिमुखीकरण कार्यक्रमको अवशर पारेर कार्की पाटी प्रवेश गरेका हुन् ।

कार्कीलाई समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई र बरिष्ठ नेता अशोक राईले स्वागत गरेका खोटाङका समाजबादी पार्टीका युवा नेता निर्मल राईले बताए । पार्टी प्रवेश गरेका कार्की कांग्रेसका पूर्वजिल्ला पनि सचिव हुन् ।