रश्मी र मणिको साकेला गीत बजारमा
जेठ १२ आइतवार, २०७६
खोटाङ । खोटाङकी गायिका रश्मी राईको स्वरमा सजिएको साकेला गीत सार्वजनिक भएको छ ।
जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय चुम्लुङकी राईको स्वरमा समेटिएको ‘उभौलीको साकेलामा भेट भयो’ बोलको साकेलाको भिडियो गीत सार्वजनिक गरिएको हो ।
दुई वर्षकै अवधिमा लोक, आधुनिक र पप लयका दुई दर्जन कलेक्सन गीतमा स्वर दिइसकेकी रश्मीको स्वरमा सजिएको भिडियो गीत शुक्रबार यूटुवमार्फत सार्वजनिक गरिएको हो ।
छ मिनेटभन्दा लामो साकेलाको भिडियो गीतमा गायक गौतम मणि निनाम्वुवाँछाको स्वर पनि सुन्न सकिन्छ । किरात राई समुदायमा महान चाड साकेला उभौली मनाइरहेको सन्दर्भ पारेर नेपाली र चाम्लिङ भाषामा साकेला गीतको भिडियो सार्वजनिक गरिएको हो ।
विजय बलम्तालीको शब्द तथा सुमन राईको संगीत÷एरेञ्जमा भिडियो सहितको गीत तयार पारिएको हो । बाल्यकालदेखि नै संगीतको मोहमा फसेकी रश्मीको स्वरमा सजिएको ‘भेडेटारमुनि सुन्दर धरान बजार’ बोलको गीत यसै हप्ता सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
‘एक, दुई, दुई तीन भन्दै मायाँको गन्ती सुरु भो’ बोलको गीतमा स्वर दिएर सांगीतिक आकाशमा औपचारिकरुपमा प्रवेश गरेकी राई छोटो समयमै दर्शक÷श्रोतको मनमा बस्न सफल भएकी छन् ।
‘बाल्यकालदेखि नै संगीतमा संघर्ष गर्दैआएकी हुँ । रेगुलर लागेकोचैं पन्ध्र महिना पुग्दैछ, यसबीचमा पच्चिस वटा गीतमा स्वर दिने अवशर पाएकी छु,’ राईले भनिन्, ‘संगीतमा लागेको मान्छेलाई यत्ती धेरै अवशर मिलेपछि गाउनै प¥यो नि ।’
बाबु प्रसाद राई र आमा धनकुमारी राईकी चार छोरीमध्ये जेठी छोरी हुन् रश्मी । घरको जेठो सन्तान भएकाले पारिवारिक जिम्मेवारी बहन गर्दै उनी गीत÷संगीतमा संघर्षरत छिन् ।
संगीतमै करिअर बनाउने सपना बोकेकी रश्मीले नेपाली सहित चाम्लिङ, वान्तावा र कोयु भाषाका गीतमा समेत स्वर दिइसकेकी छन् । बढिजसो युवा पुस्ताले रुचाउने गीतमा स्वर दिएकी उनी विभिन्न ठाउँमा आयोजित स्टेज पर्फमेन्समा पनि उत्तिकै जम्ने गरेकी छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



