मेरो झुपडी
मेरा पुर्खाले
पसिनामा माटो मुछेर
नाम्लोमा खोलाबाट
चप्पल ढुङा बोकेर
चरमा भसाएको
खुकुरीले ताछेर
अग्राखको काठ लाएर
निदाल बनाएको
झ्याल ढोका बनाएको
मेरो झुपडी
माउले खान सक्दैन
मुसाले दुलो पार्न सक्दैन
चोरले फोर्न सक्दैन
किनकी
यो बलियो छ
बाक्लो छ
र
दरबिलो छ
तर
मेरो घरको उधोपट्टी
ऐमानको पक्की घर छ
मेरो घरको उभोपट्टी
बडेमानका पक्की घर छ
दूबै घर अग्ला छन
फराकिला छन
हामीलाइ
न उभो निस्कने ठाउ छ
न उधो ओेर्लने
पधेरो भेट्न
हावा खान होसकी
पानी खान
गुहार्नै पर्छ
छिमेकीहरु
झुपडी माथी
घरी तल्ला घरे झ्याल बाट तुर्क्याउछ
घरी माथिल्ला घरे
नयाँ वनाउ भन्दै फुर्क्याउछ
उधो हेर्योे उभोको रिसाउछ
उभो हेर्यो उधोको ढुस्स पर्छ
तल्लाघरेको पर्म गयो
माथिल्ला घरे सराप्छ
माथिल्ला घरेको खेताला गयो
तल्ला घरे मुर्मुरिन्छ
दूबै घर धनी
पैशावाला छन्
बर्षो पिच्छे तला थप्छन
नुन लिने बहानामा
श्रीमती तिहुन चाख्न
तल्लाघर तिर हुइकिन्छे
बाक्लो कपडा चाहियो भन्दै
छोरो माथिल्ला घर तिर सुइकुच्चा ठोक्छ
के सुन्छन कुन्नी
भत्काउ भन्छन झुपडी
चाहियो भन्छन बंगाला
तर म
हावा नभइ सास फेर्न सक्छु
पानी नपीइ बाच्न सक्छु
छिमेकी महल ठड्याउछ
म शीर ठड्याउछु
झुपडी भत्काउन त के
लिउन सम्म उक्काउन दिन्न
कमेरो समेत कोट्याउन दिन्न
किनकी
यो भुपडी
मेरा पुर्खाको पसीना हो
रगत हो
अनी म र मेरा सन्ततीको
शान हो
स्वाभिमान हो
पहिचान हो ,
चित्र कुमार सुबेदी
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पा, खोटाङ
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



