कांग्रेसले पहिलो चरणको जागरण अभियान सम्पन्न ग¥र्यो
जेठ १४ मंगलवार, २०७६
खोटाङ । नेपाली कांग्रेस खोटाङले शुरु गरेको एक महिने राष्ट्रिय जागरण अभियान सम्पन्न भएको छ ।
आफ्नो पार्टीले अघि सारेका नीति तथा कार्यक्रम, वर्तमान सरकारको जनविरोधी क्रियाकलाप विरुद्ध सबै जिल्ला, क्षेत्र, नगर, गाउँ, वडा र टोलसम्म पु¥याउदै जनताका वास्तविक आवाज के छन् बुझ्नका लागि कांग्रेस शुरु गरेको पहिलो चरणको एक महिने जागरण अभियान आइतवार हलेसीमा पुगेर सम्पन्न भएको नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले बताए ।

नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष उदयशम्सेर राणाले बैशाख २५ गते अभियानको उद्घाटन गरेसंगै काग्रेसले जिल्लाका विभिन्न पालिकामा पुगेर कार्यक्रम गरेको खोटाङ कांग्रेसले जनाएको छ ।
पहिलो चरणको जागरण अभियान अन्र्तगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलमा, केपीलासगढी गाउँपालिकाको बाक्सिला, रावाबेँसी गाउँपालिकाको हरमटार, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क हुदै आइतवार हलेसी तुवाचुङ नगरपालिकाको हलेसीमा पहिलो चरणको जागरण अभियान सम्पन्न गरेको सभापति श्रेष्ठ बताए ।
सभापति श्रेष्ठका अनुसार दोश्रो चरणको जागरण अभियानको लागि चाडै कार्यक्रम तय गरिनेछ ।
पार्टी बलियो भए मात्रै जनताको सेवा गर्न सकिने भएकाले संगठन सुधारका लागि शुरु गरिएको जागरण अभियानमा नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष तथा केन्द्रीय प्रतिनिधि राणा, पार्टी सभापति श्रेष्ठ, महासमिति सदस्यहरु विष्णुकुमार राई, सुवाशकुमार पोखरेल, सरस्वती बजिमय, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला तथा क्षेत्रीय कार्य समितिका पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख सहितको गाउँमा पुग्दा कार्यकर्तालाई थप उत्साहित बनाएको छ भने पार्टी भित्रको गुट उपगुट भन्दा माथि उठेर कांग्रेसलाई बलियो बनाउने प्रतिबद्धता समेत कार्यकताले व्यक्त गरेको नेविसंघ खोटाङका सभापति राजकुमार बस्नेतले जानकारी दिए ।


खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



