दोर्पाचिउरीडाँडामा साकेलाको रमझम
जेठ १४ मंगलवार, २०७६
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा बृहत साकेला सिली प्रतियोगीता सुरु भएको छ । किरात राई यायोक्खा प्रारम्भिक कमिटि दोर्पाचिउरीडाँडाको आयोजनामा सोमवारदेखि साकेला सिली प्रतियोगीता सुरु भएको हो ।
किरात राईको प्रमुख चाड साकेलामा नाचिने साकेला सिली लोपोन्मुख बन्दै गएकाले सिलीको संरक्षण र प्रवद्र्धनका लागि साकेला सिली प्रतियोगीता आयोजना गरिएको किरात राई यायोक्खा प्रारम्भिक कमिटिका अध्यक्ष सिताराम राईले बताए ।
साकेला सिली प्रतियोगीतामा खोटाङ, उदयपुर लगायतका जिल्लाबाट २१ टिमको सहभागीता रहेको छ । विप्लव नेतृत्वको नेकपा माओवादीको बन्दका कारण जिल्ला बाहिरका कतिपय सहभागी आउन नसकेको आयोजकले जनाएको छ ।
युवा पुस्तामा साकेला सिलीप्रति चासो जगाउँदै संरक्षणका लागि जागरुक बनाउनका लागि आयोजित साकेला सिली नाच प्रतियोगीताका प्रथम, दोश्रो र तेश्रो हुने समुहलाई क्रमशः नगद १ लाख, ७५ हजार र ५० हजार प्रदान गरिनेछ ।
‘बाबुबाजेको अन्त्यसँगै साकेला सिलीको मौलिकता लोपोन्मुख अवस्थामा पुगेको छ, यसको पुस्तान्तरण जरुरी छ,’ अध्यक्ष राईले भने, ‘युवालाई संस्कार संस्कृतिको बारेमा जानकारी गराउने र संरक्षणका लागि सचेत बनाउने हाम्रो लक्ष्य छ ।’ सहभागी टिमलाई प्रतिटिम १० हजारका दरले यातायात खर्च समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
साकेला सिली प्रतियोगीतामा मुन्धुमज्ञातामार्फत साकेला सिलीको विषयमा जानकारी गराउने, साकेला सिलीका बिषयमा बिचार विमर्श गर्ने, साकेलाको मौलिकतालाई उजागर गर्ने, राई र गैर–राईबीचमा सदभाव र सहिष्णुता कायम गर्ने, साकेला सिलीको बिषयमा समान बुझाईको बिकास गर्ने लगायतका लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा गायक तथा संगीतकार जीतेन राई, पदम थुलुङ, रेवत राई, उमेश राई (फुलन्देकी आमा) लगायतको कलाकारको प्रस्तुतीले दर्शकलाई रौनक थपेको छ । कार्यक्रमकै अवशरमा साहित्यकार राजन मुकारुङलाई सम्मान गर्ने कार्यक्रम रहेको राईले बताए ।

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



