खोटाङमा नेकपाको शपथग्रहण
जेठ १४ मंगलवार, २०७६
खोटाङ । नेपाल कम्यूनिष्ट पार्टी खोटाङको नयाँ कमिटिमा समावेश नेताहरुले शपथ ग्रहण गरेका छन् ।
पार्टी एकता टुंग्याउनेक्रममा पूर्वमाओवादीले अध्यक्ष र पूर्वएमालेले सचिव पाएको जिल्लामा १३७ सदस्यीय जिल्ला कमिटिलाई पूर्णता दिएसँगै मंगलबार सपथग्रहण गराइएको हो ।
जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा नेकपाका १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले नेकपाको नयाँ कमिटिमा आवद्ध नेता तथा कार्यकर्तालाई सपथ ग्रहण गराएका हुन् ।
देवान किराती ‘पृथ्वी’ अध्यक्ष र ववि चाम्लिङ सचिव रहेको नेकपाको जिल्ला कमिटिमा पूर्वएमालेबाट ७९ जना र पूर्वमाओबादीबाट ५८ जना समेटिएका छन् । सपथग्रहणका लागि दुई वटा नगरपालिका र आठ गाउँपालिकाका नेकपा नेता दिक्तेल भेला भएका छन् ।
नेतृत्वका लागि अन्य नेताबीचमा हानाथाप चलिरहेका बेला पूर्वमाओबादीका किरातीले अध्यक्ष र पूर्वएमालेका नेता चाम्लिङले नेकपाको सचिवको जिम्मेवारी पाएका हुन् । किराती र चाम्लिङ नेकपाको १ नम्बर प्रदेश कमिटि सदस्य पनि हुन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



