विप्लवलाई भीम आचार्यको सुझावः बन्दुक पड्काएर समाज परिवर्तन हुँदैन
जेठ १४ मंगलवार, २०७६
खोटाङ । नेपाल कम्यूनिष्ट पार्टी १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले अहिलेको समयमा बन्दुक पड्काएर समाज परिवर्तन सम्भव नहुने बताएका छन् ।
नेकपा खोटाङको नेता तथा कार्यकर्ताको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश इन्चार्ज आचार्यले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको गतिविधिलाई लक्षित गर्दै टाङ्टाङ्–टुङ्टुङ् गरेर बन्दुक पड्काएर परिवर्तन साध्य नहुने बताएका हुन् ।
‘स–साना समुह बनाएर केही साथीभाईहरु टाङ्टाङ्–टुङ्टुङ् गर्दै क्रान्ती गर्छु भन्नुहुन्छ,’ ईन्चार्ज आचार्यले भने, ‘रुसको कम्यूनिष्टसँग संसार जित्ने फौज हुँदा त समाजवाद जोगाउन सकेन । साथीहरु दक्षिणपन्थी भो रे, संशोधनबादी भो रे भनेर कहीँ हुन्छ । अहिलेको स्थितिमा बन्दुकले केही हुनेवाला छैन ।’
प्रदेश इन्चार्ज आचार्यले वर्तमान दुई तिहाईको सरकारको नाममा दम्भ नदेखाउन र नमात्तिन नेकपा नेता तथा कार्यकर्तालाई आग्रह गरे । जित्दा मात्तिने र हार्दा आत्तिने दुबै प्रवृत्तिले पार्टीलाई सिध्याउने आचार्यको भनाई थियो ।
‘कहिलेकहीँ असफल हुँदा आत्तिने र जित्दा मात्तिने गरिन्छ । यो दुई वटै हामीलाई सिध्याउने बाटो हो,’ आचार्यले भने, ‘जनताले दिएको जिम्मेवारीलाई बहुत ग¥हौं ढंगले लिन सक्नुपर्छ । त्यो जिम्मेवारीलाई महसुस गरेर जनताको भावना अनुशारको काम गर्नुपर्छ । कहिलेकहीँ लाटाको हातमा पापा परेजस्तो गरियो भने बिनासको बाटोमा लैजान्छ ।’
आचार्यले २०/३० वर्षसम्म जनताले स्मरण गर्नेगरी काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे । ‘जनताले स्मरण गरिसहोस्, २० वर्ष ३० वर्षपछि पनि फलानो अध्यक्ष, वडाध्यक्षले रामराज्य दिएको थियो भनोस्,’ आचार्यले भने, ‘जनताले आएर लटरपटर ग¥यो, फट्याँई ग¥यो, च्याट्चुट पारेर भयो भन्न नपरोस् ।’
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



