जहाँ भ्रष्टाचारी त्यहाँ कारबाही : पौडेल
जेठ १६ बिहिवार, २०७६
खोटाङ । नेपाल कम्यूनिष्ट पार्टी निकट युवा संघका केन्द्रीय सह–संयोजक रमेशकुमार पौडेलले मुलुकमा व्याप्त भ्रष्टाचारी र अनियमितता विरुद्ध युवाले जेहाद छेद्ने बताएका छन् ।
खोटाङको दिक्तेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सह–संयोजक पौडेलले वर्तमान सरकारकै बदनाम हुनेगरी भ्रष्टाचार मौलाएकाले युवा शक्तिले भ्रष्टाचारीलाई ठेगान लगाउने दाबी गरेका हुन् । ‘मुलुकमा व्यप्त भ्रष्टाचार विरुद्ध हामी जेहाद छेड्ने छौँ । अव जहाँ भ्रष्टारी हुन्छ, त्यहा युवा संघको कारबाही हुन्छ,’ सह–संयोजक पौडेलले भने, ‘सरकार र कानूनलाई साथ दिएर भ्रष्टाचारीलाई ठेगान लगाउने छौँ ।’
पौडेलले ठेक्का लिएर वर्षौँसम्म काम नगर्ने ठेकेदारका विरुद्धमा धावा बोल्ने बताए । ‘ठेक्का लिने तर काम नगर्ने ठेकेदारको मनपोली तन्त्र विरुद्ध युवा संघले धावा बोल्छ । काम नगर्ने विरुद्ध धावा बोल्छ । हामी चुप रहँदैनौँ,’ पौडेलले भने, ‘दलाल, पूँजीबाद विरुद्ध खरोरुपमा उत्रिने छौँ ।’ उनले भ्रष्टाचार र अनियमितताका विरुद्ध सहकार्य गर्न अन्य दलका युवा संगठनलाई पनि आव्हान गरेका छन् ।
पौडलले विप्लव नेतृत्वको नेकपा माओवादीको तालीवानी शैलीबाट समाजवाद प्राप्त गर्न नसकिने उल्लेख गरेका छन् । उनले एउटा कार्यकर्तालाई बम बनाउन लगाएर मारेर दलाल र पूँजीबादलाई पराजित गर्न नसकिने बताए ।
‘अहिलेको सन्दर्भमा बन्दुक उठाएर समाजवादमा पुग्न सकिन्छ ?,’ पौडेलले भने, ‘विप्लव ज्यू ! कतै कम्यूनिष्ट आन्दोलनलाई ध्वस्त पार्नकै लागि रातो झण्डा उठाइएको त होईन ? आशंका उव्जिएको छ ।’
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



