संखुवासभामा खानेपानी नभएपछि ४५ परिवार बसाइँ सर्न बाध्य
जेठ १९ आइतवार, २०७६
संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाका विभिन्न ठाउँमा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम बढेको छ । खानेपानीको हाहाकार भएपछि जिल्लाका तीन स्थानीय तहका ४५ घरपरिवार बसाइँ सरेका छन् ।
खानेपानी अभावकै कारण पाँचखपन नगरपालिकामा–१० चैनपुर नगरपालिकामा १० र धर्मदेवी नगरपालिकामा २५ घरपरिवार बसाइँ हिँडेका हुन् ।
धर्मदेवी नगरपालिकाको ७ र ८ नम्बर वडाबाट मात्रै २५ घरपरिवार बसाइँ सर्न बाध्य भएका छन् । वडा नम्बर ७ बाट १५ र वडा नम्बर ८ बाट १० घरपरिवार दुई वर्षमा बसाइँ सरेको ७ नम्बरका वडाध्यक्ष भोलामान श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार, ७ नम्बर वडाभित्रका कुवापानी, आहाले, मालवासेलगायत गाउँमा खानेपानीको चरम अभाव छ । त्यस्तै, ८ नम्बर वडाका खाल्चे, पाडरे, जागिर गाउँ, कुडुले फापलिङलगायतका गाउँमा पनि खानेपानी छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



