गाँउपालिकाद्धारा माटो परिक्षण शुरु

जेठ २० सोमवार, २०७६
खोटाङ । खोटाङको जन्तेढुङ्गगा गाँउपालिकाले माटो परिक्षण शुरु गरेको छ । पालिका भित्रका प्रत्येक वडाक्षेत्रमा उपयुक्त बाली लगाउन माटो परिक्षण शुरु गरेको हो ।

माटो तथा मल परिक्षण प्रयोगशाला कार्यालय झुम्का सुनसरीको प्राविधिक टोलीको सहयोगमा परिक्षणको काम शुरु गरिएको हो । ६ वडा रहेको पालिकाको एक वडाका दुई सय ठाँउको माटो किट बक्स विधि प्रयोग गरि परिक्षण गरिनेछ ।

माटो परिक्षण प्राबिधिक योगेन्द्र यादवका अनुशार माटोमा भएको नाईट्रोजन, फोस्फरस, पोटास एवम् माटोको पिएच मापन गरिने बताए । माटो परिक्षणपछि किसानहरुलाई उपयुक्त बाली लगाउन प्रमाणपत्र प्रदान गरिने छ ।

कृषि क्षेत्रलाई व्यवस्थित गर्न पालिकाले निर्माण गरिरहेको कृषि गुरुयोजना अन्तर्गत माटो परिक्षणको काम शुरु गरिएको पालिका अध्यक्ष शंकर राईले बताए ।

पालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम अगाडी बढाई रहेको वहाँको भनाई छ । माटो परिक्षणको पहिलो दिन आईतबार जन्तेढुङ्गा गाँउपालिका वडानम्बर–५ चिसापानीबाट परिक्षणको काम शुरु गरिएको छ ।

माटो परिक्षण प्राविधिकहरुले वालीका लागि आवश्यक पर्ने खाद्यतत्वका बारेमा पहिचान गरि मल, विउ, एवम् विषादी प्रयोगका बारेमा समेत कृषकहरुलाई सिफारिश गर्ने जनाएको छ ।