प्रधानमन्त्री कपः सुदूरपश्चिमले गण्डकीलाई हरायो
जेठ २१ मंगलवार, २०७६
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमाञ्चलले गण्डकी प्रदेशललाई चार विकेटले पराजित गरेको छ।
मूलपानी क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले सुदूरपश्चिमाञ्चलाई ९० रनको सामान्य लक्ष्य दिएको थियो। ९० रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको सुदूरपश्चिमाञ्चलले २९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।
सुदूरपश्चिमाञ्चलको जीतमा आकाश चन्दले अविजित २९ रनको योगदान दिए भने नरेन्द्र साउँदले अविजित २३ तथा लोकेश बामले १५ रन बनाए। बलिङतर्फ गण्डकी प्रदेशका किशोर महत्तोले तीन विकेट लिँदा विपिन खत्रीले दुई तथा दीपेश श्रेष्ठले एक विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरको गण्डकी प्रदेश २० दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटिएको थियो। गण्डकी प्रदेशका लागि राहुल शर्माले सर्वाधिक ४१ रन जोडे भने किशोर महतोले १४ रन तथा आकश थापाले १२ रन जोडे।
गण्डकी प्रदेशलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका विनोद लामाले व्यक्तिगत पाँच विकेट लिएका थिए। त्यस्तै महेश अधिकारी र कप्तान शेर मल्लले दुई दुई विकेट झारे भने नरेन्द्र साउँदले १ विकेट लिए। जितसँगै समूह ‘क’ मा रहेको सुदूरपश्चिमले चार खेलबाट तीन अङ्क जोडेर प्रतियोगिता सम्पन्न ग-यो भने पराजित गण्डकी प्रदेश जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो। समूह ‘क’ बाट प्रदेश ३ र एपिएफ सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। रासस
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



