अर्जुनाको ‘डोली चढ्ने रहर’
जेठ २४ शुक्रवार, २०७६
खोटाङ । खोटाङकी गायिका अर्जुना राई पुःन नयाँ म्यूजिक भिडियो लिएर दर्शक/श्रोतामाझ आएकी छन् । सांगीतिक क्षेत्रमा भविष्य खोज्दै संघर्षरत अर्जुनाको ‘सजिएर डोली चढ्ने थियो रहर’ बोलको गीतको म्यूजिक भिडियो बजारमा आएको हो ।
गत माघमा मात्र ‘सम्झनामा आईरन्छौ’ वोलको पूर्वेली लोक भाकाको भिडियो बजारमा ल्याएकी अर्जुनाले चार महिनापछि पुःन अर्को म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
आनन्द चाम्लिङको शब्द र डक्टर किरातको संगीत रहेको वियोगान्त गीतमा समीर पेस्ला, सविना ससपेन लगायतको अभिनय देख्न सकिन्छ । निसान एसकेको निर्देशन र बिक्रम कार्कीको एरेञ्जमा तयार पारिएको म्यूजिक भिडियो यूटुवमार्फत सार्वजनिक गरिएको हो ।
२०७३ सालमा ‘तिम्रो मायाँले मलाई के गरायो’ बोलको गीतमार्फत औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेकी अर्जुनाले २०७४ सालमा ‘तिम्रो मायाँले मलाई के गरायो’ वोलको पहिलो गीति भिडियो बजारमा ल्याएकी थिईन् ।
सांगीतिक भविष्य खोजीकाक्रममा हङकङ बसाई छाडेर पुःन स्वदेश फर्किएकी अर्जुनाको यो पाँचौँ गीत हो । संगीतप्रतिको मोहका कारण दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाकी अर्जुनाले सानै उमेरदेखि जानकारी भएसम्म स्कुल/कलेजका कुनै पनि सांगीतिक कार्यक्रम छुटाइनन् ।
संगीतप्रतिको त्यही लगावका कारण उनको सांगीतिक यात्रा अघि बढ्दो छ । खोजी प्रतिभा र खोटाङ तारामा विभिन्न चरणको अनुभव संगालेकी अर्जुनाले विभिन्न स्टेज प्रोग्राममा पनि दर्शकलाई मनोरञ्जन दिलाउँदै आएकी छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



