कांग्रेसको पहिलो चरणको जागरण अभियान सम्पन्न
जेठ २४ शुक्रवार, २०७६
खोटाङ । नेपाली कांग्रेसको पहिलो चरणको राष्ट्रिय जागरण अभियान सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष उदयशम्सेर राणाले बैशाख २५ गते अभियानको उद्घाटन गरेसंगै दिक्तेलबाट शुरु भएको पहिलो चरणको अभियान केपीलासगढी गाउँपालिका, एसेलुखर्क गाउँपालिका, रावावेशी गाउँपालिका, हलेसी तुवाचुङ नगरपािलका हुदै दिक्तेलमा आएर शुक्रवार सम्पन्न भएको हो ।
समापन कार्यक्रमका अवशरमा दिक्तेलमा दशवटै पालिकाबाट आएका कांग्रेस नेता तथा कार्यकर्ताले दिक्तेलबजार परिक्रमपछि दिक्तेलको स्थानीय हेलीप्याडमा आमसभा गरेको पार्टी सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका कांग्रेसका नेता कार्यकर्ताहरुले दिक्तेलको अस्पतालचोकबाट सुरु गरेको प्रदर्शनसँग दिक्तेलस्थित पार्टी कार्यालयबाट दिक्तेलसहित अन्य स्थानका नेता तथा कार्यकर्ताहरु मिसिएर बृहत प्रदर्शन गरेका हुन् ।
मूल्यबृद्धि फिर्ता गर, प्रेसमाथिको हस्तक्षेप बन्द गर, निर्मला पन्तको बलात्कारीलाई कारबाही गर, हत्यारालाई जोगाउन पाईन्दैन, ओली सरकार कस्तो, श्री ३ महाराजजस्तो लगायतका नारा लगाउदै बजार परिक्रमा गरेका थिए ।
आफ्नो पार्टीले अघि सारेका नीति तथा कार्यक्रम, वर्तमान सरकारको जनविरोधी क्रियाकलाप विरुद्ध सबै जिल्ला, क्षेत्र, नगर, गाउँ, वडा र टोलसम्म पु¥याउदै जनताका वास्तविक आवाज के छन् बुझ्नका लागि कांग्रेस शुरु गरेको पहिलो चरणको एक महिने जागरण अभियान सम्पन्न भएको पार्टी सभापति नरेशकुमार श्रेष्ठले बताए । सभापति श्रेष्ठका अनुसार दोश्रो चरणको कार्यक्रम भदौ २४ गतेबाट शुरु गरिनेछ ।





खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



