बैदेसिक रोजगारमा संलग्न कृषक परिवारलाई कृषि सामग्री
जेठ २४ शुक्रवार, २०७६
खोटाङ ।खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका बैदेसिक रोजगारमा संलग्न कृषक परिवारलाई कृषि सामग्री वितरण गरिएको छ ।
सुरक्षित आप्रवासन परियोजना (सामी)को सहजीकरणमा नगरपालिकाले बैदेसिक रोजगारमा संलग्न कृषक परिवारलाई टनेल, हिल ट्यांक, पाईप, बीउ लगायतका कृषि सामग्री वितरण गरेको हो ।
नगरपालिकाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित वैदेशिक रोजगार सक्रृय कृषक समुह, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित वैदेशिक सिर्जनसिल सकृय कृषक समुह, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित वैदेशिक सकृय कृषक समुह, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित वैदेशिक रोजगार कृषक समुह, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित दिक्तेलबारी नोभे वित्तिय कृषक समुह र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित वैदेशिक रोजगार सृजनसिल कृषक समुहमा आवद्ध किसानलाई कृषि सामग्री वितरण गरेको हो ।
६ समुहमा आवद्ध सय किसानका लागि कृषि सामग्री प्रदान गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए ।
बिदेशबाट भित्रिने रेमीट्यान्सको सदुपयोग र व्यवस्थापन गर्दै कृषि कार्यमा क्रयासिल समुहलाई छनौट गरेर कृषि सामग्री प्रदान गरिएको हो । उनीहरुलाई गत वर्ष पनि कृषि सामग्री प्रदान गरिएको थियो । कृषक समुहमा आवद्ध किसान कुनै न कुनै रुपले कृषि उत्पादन गरि विक्री वितरण कार्यमा संलग्न छन् ।
उनीहरुले रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी २८ हप्ते वित्तिय साक्षरता कक्षा समेत लिएर बचत गर्दैआएको सामीले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



