विप्लव नेतृत्वको शिक्षकद्धारा पार्टी परित्याग

जेठ २४ शुक्रवार, २०७६
खोटाङ । खोटाङमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट शिक्षकले पार्टी परित्याग गरेका छन् ।

विप्लव निकट शिक्षक संगठनमा आवद्ध शिक्षक शेखरनाथ पोखरेलले शुक्रबार विज्ञाप्ति प्रकाशित गरी पार्टी परित्यागको घोषणा गरेको खोटाङका प्रहरी नाय उपरिक्षक राजकुमार केसीले बताए ।

शिक्षक पोखरेलले जिल्ला प्रशासन कार्यालयमा प्रजिअ र सुरक्षा निकायका प्रमुखका अगाडि पार्टी परित्याग गर्दै साधारण जीवन यापनको घोषणा गरेका हुन् ।

सरकारले प्रतिवन्ध लगाएको तथा आफ्नो पार्टीले विध्वंसात्मक गतिविधिमा लागेर सर्वसाधारणको ज्यान लिनेसम्मको गतिविधि गरेकाले त्यस्ता अमानवीय र अपराधिक क्रियाकलापमा असहमती जनाउँदै स्वतन्त्र नागरिकको रुपमा आफ्नो पेशामा मर्यादित बनेर जीवनयापन गर्ने पोखरेलको विज्ञाप्तिमा उल्लेख छ । पोखरेलको विज्ञाप्तिमा उनी शिक्षक संगठनको साधारण सदस्य रहेको जनाएका छन् ।

यसअघि नेकपा माओबादी विप्लव समुहका साधारण सदस्य रहेका रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका तुलबहादुर मगर र ऋषिराम बिकले पनि गत चैत २७ गते पार्टी परित्याग गरेका थिए । सार्वजनिक मुद्धामा तारिख खेपीरहेका अवस्थामा मगर र बिकले विज्ञाप्ती प्रकाशित गरी पार्टी परित्याग गरेका थिए ।