लोकल कुखुरामा रोगको महामारी
जेठ २७ सोमवार, २०७६
खोटाङ । अज्ञात रोगले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका किसानले पालेका लोकल कुखुरा मर्न थालेका छन् ।
महिना दिनदेखि फैलिएको रोगले एकै घरका सयभन्दा बढि कुखुरा मरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले बताए । सुरुमा ज्वरो आउने, हरियो छेर्ने, टाउको सुन्निने र मर्ने रोगले महामारीको रुप लिएको किसानको भनाईछ ।
लक्षण देखिएको २४ घण्टाभित्रै कुखुरा मर्ने गरेका छन् । महामारीको रुपमा फैलिएको रोगले कुखुरा खोर नै रित्तिएको स्थानीयको गुनासो छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय दिक्तेलबाटलगेको झोल औषधि खुवाउँदा पनि रोग नियन्त्रणमा नआएको नगरपालिका कार्यपालिका सदस्य विश्वकर्माले बताए ।
हालसम्म विश्वकर्माको कडकनाथ जातको ७० वटा, लोकल र भलायो जातको ६० वटा कुखुरा मरेका छन् । यस्तै, चन्द्र आचार्यको सय वटा, सागर राईको ६० वटा लगायतका कुखुरा मरेको विश्वकर्माले बताए । पालेका लोकल कुखुरा सखाप भएपछि स्थानीय चिन्तित छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



