रेडक्रस
रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युना
अठार सय अठाइस मे ८ का दिन
जन्म भयो स्वीजरल्यानडको जेनभामा उनको
व्यापारलाई थाती राखी मानव सेवा रन्को ।।
मानव सवै सेवामा लागौन
स्वयसेवी भावना जगाउन ।।
इटाली फ्रान्स अष्ट्रिया विच युद्घ भाथ्यो जहाँ
महामानव हेनरी ड्युना पुगिहाले त्यहाँ
कोहि भन्थे एैआ मरे कोहि भन्थे पानी
अकालमै जाने भयो हाम्रो जिन्दगानी ।।
हरे शिव जाँ हेनरी ड्युना
भन्थे सवले वचाई देउन ।।
छ हजार मृतक मात्र घाइते ४० हजार
आफन्त र रमितेको लाग्न थाल्यो वजार
१८६२ त सल्फिरिनो सम्झना
जाग्न थाल्यो सवै जनमा स्वयम्सेवी भावना
मरे पश्चात भैहाल्छ अन्तेष्ठी
स्वयम् सेवा एकमात्र सन्तुष्टि ।।
१९४९ जेनेभा चार महासन्धि
पहिलो त सैनिक, पण्डित पादरी र पुरोहित
दोश्रो चाही घाइते, जल सेना सहित
तेश्रो रह्यो युद्घवन्दी मानविय व्यवहार
चौथोमा छ गैर सैनिक सुरक्षामा अपार
सवै मानव युद्घका वन्दीलाई
सम्मान गर्छो यि चारै सन्धिलाई ।।
१८६३ मा विश्व रेडक्रस छायो
१०० वर्ष पछि मात्र नेपालमा आयो
एकशय त्रियानब्वे मुलुकमा सोसाईटी देको
त्यसैमध्ये हाम्रो देश नेपाल पनि एक हो ।।
विश्व व्यापी रेडक्रसको संगठन
हुदैन यो कैलेनी विघटन ।।
कार्य गर्ने रेडक्रसका धेरै छन् क्षेत्र
पर्न जान्छन् सोसाइटीका सात सिद्घान्त भित्र
मानवता, निष्पक्षता, तठष्थता अनि
स्वाधिनता,स्वयमसेवा एकता अनि विश्वव्यापकता भनि ।।
रेडक्रसका यि सातै सिद्घान्त
अवलम्वन गरौ है नितान्त ।।
लोकमाया थापा
नेपाल रेडक्रस सोसाइटी
खोटाङ जिल्ला शाखा ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



