चार स्थानीय तहमा करदाता शिक्षा
जेठ ३१ शुक्रवार, २०७६
खोटाङ । करदाता सेवा कार्यालय खोटाङले विभिन्न स्थानीय तहमा करदाता शिक्षा दिन सुरु गरेको छ ।
हरेक क्षेत्रको आर्थिक गतिविधिलाई करको दायरामा ल्याउनका लागि कार्यालयले विभिन्न स्थानीय तहका उद्योगी, व्यवसायी तथा संघसंस्थालाई करदाता शिक्षा दिन सुरु गरको हो ।
उद्योगी, व्यवसायी तथा संघसंस्थाका सञ्चालकलाई स्थायी लेखा नम्बर दर्ता, कर दर्ता, आयविवरण, मुल्य अभिबृद्धि कर दर्ता, अन्तशुल्क इजाजत लगायतका विषयमा आधारभुत जानकारी दिनका लागि करदाता शिक्षा तथा अन्तरक्रिया सुरु गरिएको करदाता सेवा कार्यालय दिक्तेलका कर अधिकृत गोपाल राईले बताए ।
भ्याट, पान लगायतका कर सम्वन्धी कामका लागि सिराहाको लाहान पुग्नुपर्ने बाध्यता अन्त्यका लागि गत चैत २८ गतेदेखि दिक्तेलबाट सेवा सुरु गरेको कार्यालयले हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, खोटेहाङ गाउँपालिकाको खोटाङबजार र जन्तेढुंगा गाउँपालिकाको चिसापानीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिसकेको जनाएको छ ।
१० स्थानीय तहमध्ये अन्य स्थानीय तहको प्रमुख व्यापारिक केन्द्रमा पुगेर करदाता शिक्षा तथा अन्तरक्रिया सञ्चालन गरिने कर अधिकृत राईले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



