दिप्रुङमा प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगीता सुरु
कृष्णकला राई
जेठ ३२ शनिवार, २०७६
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पालिकास्तरीय अन्तर मावि छात्र र छात्रा प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगीता सुरु भएको छ ।
खेल क्षेत्रको विकासका लागि नेपाल सरकारको शशर्त अनुदान अन्र्तगतको बजेटबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आयोजनामा दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित महेन्द्रदोय मावि ओख्रेको खेलमैदानमा भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले शुक्रवार उद्घाटन गरेका हुन् ।

प्रतियोगीताको पहिलो दिन छात्रतर्फ शान्ति मिनाकर्ण मावि सापातेल छोरम्बु र महेन्द्रदोय मावि याम्खा बीचमा भएको खेलमा मिनाकर्ण मावि सापातेल छोरम्बुले जित हासिल गरेको छ भने जनसेवा मावि दिहुँ छितापोखरी र महेन्द्रदोय मावि ओख्रे बीचमा भएको खेलमा महेन्द्रदोय मावि ओख्रे, याङशोला मावि छोरम्बु र धिप्लुङ मावि सेम्मा छितापोखरी बीचमा भएको खेलमा याङशोला मावि छोरम्बु र शान्ति मावि टेम्मा र जनता मावि भण्डारीडाँडा बतासे बीचमा भएको खेलमा शान्ति मावि टेम्माले जित हासिल गरेका छन् ।
यस्तै, छात्रातर्फ शान्ति मावि टेम्मा र राम्चे निकेतन मावि इजारा बतासे बीचमा भएको खेलमा शान्ति मावि टेम्मा, सरस्वती मावि कुलागाउँ स.छितापोखरी र धिप्लुङ मावि सेम्मा छितापोखरी बीचमा भएको खेलमा धिप्लुङ मावि सेम्मा छितापोखरी, महेन्द्रदोय मावि याम्खा र सरस्वती मावि डाँडाखर्क स.छितापोखरी बीचमा भएको खेलमा सरस्वती मावि डाँडाखर्क स.छितापोखरी, शान्ति मावि छोरम्बु र जनता मावि भण्डारीडाँडा बतासे बीचमा भएको खेलमा जनता मावि भण्डारीडाँडा बतासेले जित हासिल गरेका छन् ।

शनिवार समापन हुने छात्र भलिबल प्रतियोगीताका प्रथम समुहलाई समुहलाई १२ हजार, दोश्रो हुने समुहलाई ८ हजार र तेश्रो हुने समुहलाई ५ हजार तथा छात्रातर्फ प्रथम समुहलाई ७ हजार, द्धितीय समुहलाई ५ हजार र तृतिय समुहलाई ४ हजार नगदका साथमा ट्रफि, मेडल तथा प्रमाण–पत्र प्रदान गरिने छ ।
प्रतियोगितामा छात्रतर्फ १४ टिम र छात्रातर्फ ११ टिमको सहभागीता रहेको आइटी अफिसर मनिचन्द्र राईले जानकारी दिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



