विकास खर्चबाट ३ सय ३४ सांसदलाई एक–एक लाखको ल्यापटप
जेठ ३२ शनिवार, २०७६
काठमाण्डौ / निर्वाचन क्षेत्र विकासका नाममा आगामी आर्थिक वर्षका लागि सांसदलाई ६ करोडका दरले बजेट छुट्याएको प्रशंग सेलाउन नपाउँदै अब सांसदले कम्तिमा एक–एक लाख पर्ने ल्यापटप पाउने निश्चित भएको छ ।
संसद् सचिवालयले सबै सांसदलाई ल्यापटप किन्न साढे तीन करोड छुट्याएर टेन्डर आह्वान गरिसकेको छ । एक सांसदको मासिक कमाई कम्तीमा ८० हजार पुग्छ ।
यस्तोमा सांसदले आफै ल्यापटप किन्न नसक्ने प्रश्न नै रहँदैन । जब कि बजारमा ३० हजारदेखिका ल्यापटप पाइन्छन् । तर, संसद सचिवालयले भने एक लाख पर्ने ल्यापटप खरिद गर्न लागेको छ ।
संसद्को व्यवस्थापन बोर्डले ल्यापटप खरिद गर्ने निर्णय गरेपछि १९ जेठमा सचिवालयले टेन्डर आह्वानको सूचना प्रकाशित गरिसकेको छ । बोर्डमा सभामुखका अध्यक्षतामा राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, उपाध्यक्षसहित संघीय संसद् सचिवालयका महासचिव र सचिव सदस्य रहन्छन् ।
‘ल्यापटप चाहियो भन्ने धेरै संसद्को माग थियो । विदेशी संस्थाको सहयोग मागेर भए पनि किन्नुपर्छ भन्ने सम्मका माग आएका थिए । तर, हामीले संसद्कै बजेटले किन्ने निर्णय गरेका हौँ,’ सभामुख कृष्ण बहादुर महरा भन्छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



